सोती घट’ना : अदालतमा साक्षीहरूको बकपत्र सुरु

दैलेख : २०७७ जेठ १० गते ६ जना युवकहरुको ज्यान जाने गरी रुकुम पश्चिमको सोतीमा भएको घ’टनाका साक्षीहरुबाट बकपत्र गराउने काम सुरु भएको छ। रुकुम जिल्ला अदालतले बुधबारबाट वा’दी र प्र’तिवादीका तर्फबाट बकपत्र गराउन लागेको अदालतका श्रेस्तेदार कृतबहादुर बोहराले जानकारी दिए।

उनका अनुसार वादीका तर्फबाट ३९ जना र प्रतिवादीका तर्फबाट २३ जना साक्षीहरु मंगलवार नै जिल्ला अदालतमा हाजिर भईसकेका छन्। श्रेस्तेदार बोहराका अनुसार बुधबारबाट बकपत्र सुरु भई दुई–तीन दिन भित्रमा बकपत्र गराई सक्ने लक्ष्य लिइएको छ।

अन्तरजा’तीय प्रे’म स’म्बन्धका कारण भएको घ’टनामा जाजरकोटको भेरी नगरपालिकाका नवराज विकसहित ६ जनाको ह’त्या भएको थियो। उक्त घट’नामा भेरी नगरपालिकाका नवराज विक, गणेश बुढा, लोकेन्द्र सुनार, सन्दिप विक र गोविन्द शाही तथा रुकुम पश्चिमको चौरजहारी नगरपालिकाका टिकाराम नेपालीको ह’त्या भएको थियो। 

उक्त घ’टनामा पी’डकलाई कानू’नी कार’वाही र पी’डित परिवारलाई न्याय दिनुपर्ने माग गर्दै जाजरकोट सहित सुर्खेत, दैलेखसँगै काठमाडौंमासमेत प्रर्दशन तथा आन्दोलनहरु भएका थिए। घटना भएको लामो समयसम्म पनि न्याय नपाइएको भन्दै पी’डित परिवार भने आ’क्रोशित छन्। विभिन्न वहानामा मु’द्दाको प्रक्रिया ढिला गरिएकोप्रति उनीहरु आक्रो’शित बनेका हुन्।

सोती घट’नामा विभिन्न वहाना बनाई मु’द्दा प्रक्रिया ढिला हुँदा पी”डित झनै अन्यायमा परेको राष्ट्रिय दलित मुक्ति जागरण”’ अभियानका संयोजक खगेन्द्र सुनारले बताउँछन्। न्याय पाउन ढिला हुँदा पी’डितकहरु अपमानित बनेको सुनारको भनाई छ। ‘न्यायलयप्रति हामीले विश्वास गरेका छौ,’ उक्त घ’टनामा पी’डित परिवारलाई न्या’य दिलाउने आ’न्दोलनमा अगुवाई गरेका सुनार भन्छन् ‘न्यायलयले यो वा त्यो वहानामा पीड’कलाई उन्मुक्ती दिनुहुँदैन्।’

उक्त घट’नापछि भएका विभिन्न अध्ययनहरुले सो’ती घट’ना जा’तीय वि’भेदको पराकाष्ठा भएको निष्कर्ष निकालेका थिए। संयुक्त द’लित जनअधिकार मञ्चले गरेको स्थलगत” अध्ययनपछि सार्वजनिक गरिएको प्रतिवेदनमा जातीय अहंकारले ठूलो दु’र्घटना भएको उल्लेख छ। रुकुम घ’टनाको सत्यतथ्य छानविन गर्न गठित संसदीय छानविन समितिले घ’टनाको मूख्य कारण जातीय भे’दभाव र छुवा’छुत भएको निष्कर्ष निकालेको थियो।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार