घा’इतेलाई उपचारका लागि हेलिकोप्टरबाट काठमाडौं लैजादै,१२ जनाको मृ’त्यु

सल्यान: सल्यान बस दु’र्घटनाका घाइते १९ जनालाई उपचारका लागि हेलिकोप्टरबाट काठमाडौं लैजाने तयारी भइरहेको छ। अहिले हेलिकोप्टर व्यवस्थापनका लागि छलफल भइरहेको छ। अहिले प्रहरी नायव उपरीक्षक गोविन्द थापाले १२ जनाको मृ’त्यु भएको र १८ जना घाइतेलाई उपचारका लागि हेलिकोप्टरबाट काठमाडौं लैजाने तयारी भइरहेको अन्नपूर्णलाई जानकारी दिए।

दु’र्घटनामा १२ जनाको मृ’त्यु भएको प्रहरीले जनाएको छ। सल्यान खलंगादेखि दाङको तुलसीपुर जाँदै गरेको रा १ ख २५५२ नम्बरको बस आइतबार बिहान कपुरकोट गाउँपालिका ५ थारखोलामा दु’र्घटना भएको थियो।

दुर्घटनामा ५ जनाको घ’टनास्थलमै र ७ जनाको उप’चारका लागि अस्पताल लैजाँदै गर्दा मु’त्यु भएको प्रहरीले जनाएको छ। बसमा ३१ जना सवार थिए। बस सडकदेखि २०० मिटर तल खोलामा ख’सेको थियो। तीव्र गतिका कारण दुर्घ’टना भएको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार