ब्रेक फेल भएर उदयपुरमा प्रहरीको ट्रक दु’र्घटना

प्रहरीको गस्ती गाडी उदयपुरमा दु’र्घटनामा परेको छ । दु’र्घटनामा २४ प्रहरी घा’इते भएको जिल्ला प्रहरी कार्यालय गाईघाटले जनाएको छ ।

प्रहरीको बा १ त २१६८ नम्बरको वान टन ट्रक उदयपुरगढी गाउँपालिका– ७ अँधेरी जोगीटोलमा दु’र्घटना हुँदा दुई दर्जन प्रहरी घाइते भएका हुन् । कटारीबाट गाईघाट आउँदै गरेको उक्त ट्रक मदन भण्डारी लोकमार्गको गाईघाट–नेपालटार खण्डमा शुक्रवार राति साढे ९ बजेतिर दु’र्घटना भएको हो ।

ट्रक ओरालोमा ब्रेक फेल भएर पल्टिएको बताइएको छ । दुर्घ’टनामा तीन जना ग’म्भिर घा’इते भएका छन् भने २१ जना सामान्य घाइ’ते भएको स्थानीयवासीले जानकारी दिएका छन् ।बस्ती अगाडि दु’र्घटना भएकाले स्थानीयबासीले उद्दार गरी घाइतेलाई जिल्ला अस्पताल गाईघाट पठाएको स्थानीय होमबहादुर बस्नेतले जानकारी दिएका छन् ।

यो पनि: सवारी दु’र्घटनामा परी बिहीबार एकैदिनमा दुई युवा डाक्टरले ज्या’न गुमा’एका छन्। कपिलवस्तु र मोरङमा भएका छुट्टाछुटै मोटरसाइकल दु’र्घटनामा डा’क्टर दीपक खरेल र निखिल पन्जियारको मृ’त्यु भएको हो। उनीहरू दुबै जना २७ वर्षका थिए।भाइटीकाको दिन कपिलवस्तुको बुद्धभूमिमा मोटरसाइकल दु’र्घटनामा परेका डाक्टर खरेलको उपचारको क्रममा बिहीबार बिहान काठमाडौं ट्रमा सेन्टरमा मृ’त्यु भएको थियो।

कपिलवस्तुको वाणगंगा नगरपालिका-८ का २७ वर्षीय डाक्टर खरेल कपिलवस्तु सामुदायिक अस्पतालमा मेडिकल अफिसरको रूपमा कार्यरत थिए।कपिलवस्तु सामुदायिक अस्पतालमा प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त पोखरेलले अनुसार डाक्टर खरेल चढेको मोटरसाइकल भाइटीकाको राति दुर्घ’टनामा परेको थियो।

उता डाक्टर पञ्जियार चढेको मोटरसाइकललाई बिहीबार राति मिनी ट्रकले ठ’क्कर दिएको थियो।जिल्ला ट्राफिक प्रहरी कार्यलय मोरङका प्रहरी निरिक्षक चन्द्रबहादुर खड्काका अनुसार विराटनगर महानगरपालिका-४ स्थित आयल निगमछेउ कोशी राजमार्गमा दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको डा. निखिल चढेको प्र-२-०२-००३-प-२१८९ नम्बरको मोटरसाइकललाई को १ ख ३२४४ नम्बरको मिनी ट्रकले ठ’क्कर दिएको थियो।मिनी ट्रकको ठक्करबाट ग’म्भीर घा’इते भएका उनलाई उप’चारका लागि तत्काल कोशी अस्पताल लगिएको थियो।उपचार क्रममा राति ११:४५ बजे उनलाई अस्पतालले मृ’त घो’षित गरेको थियो।(सेतो पाटी बाट)

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार