प्यूठानमा गो’ली चल्यो दुई प्रहरीसहित ७ घा’इते

नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत प्युठान जिल्ला अधिवेशनको मतगणना स्थलमा गो’लि चलेको छ । मतगणनाको क्रममा पौडेल – सिटौला पक्षका बिष्णु कुमार गिरीले अग्रता लिएपछि युवाहरुको समूहले अचानक आ’क्रमण गरेको थियो।मतपरिणाममा असन्तुष्टि जनाउँदै युवाहरुले गरेको प्रदर्शनका क्रममा प्रहरीले गो’ली चलाएको छ ।

मंगलबार राति मतगणना स्थल स्वर्गद्वारी क्याम्पसमा कांग्रेस कार्यकर्ता र नेपाल प्रहरी बीच झड्प भएको हो। प्रदर्शनले उग्र रुप लिएको भन्दै स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले सात सेल अश्रु ग्यास समेत प्र’हार गरेको खबर छ । झडपका क्रममा एकजना प्रहरी सहित कम्तिमा ७ जना घा’ईते भएका छन। प्रहरी जवान गोपाल जिसी घा’ईते छ्न।

त्यस्तै, प्रदर्शनकारी तर्फ घा’ईते हुनेमा २३ बर्षिया चन्द्र बहादुर गाह, कृष्ण बसेल, स्वर्गद्वारी नगरपालिका -२ का २० बर्षिया कमल घर्ती,नौबहिनी -६ का २६ बर्षिया कुंवर पुन, २३ बर्षिया बिनोद रिजाल र प्युठान नगरपालिका -७ का खेमराज पण्डित रहेका छन। घाईतेहरुलाई उपचारका लागि प्युठान जिल्ला अस्पताल बिजुवार ल्याईएको छ।

देउवा र पौडेल – सिटौला पक्षले प्यानल बनाएरै भएको निर्वाचनपछि मतगणनास्थलमा आ’क्रमण भएको थियो। झण्डै दुई घन्टा अघि देखिको तना’ब अझै साम्य भएको छैन। आक्र’मणपछि अहिले मतगणना कार्य स्थगित भएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार