आखिर केछ कैलाश पर्वत भित्र?(भिडियो)

काठमाडौं– कैलाश पर्वतका नाम जोकोहीले सुनेकै हुनुपर्छ । शिव पुराण, मत्स्य पुरणा, स्कन्द पुराण अथाव भगवान शिवको महिमा वाचन गर्दा ‘कैलाश पर्वतको’ नाम र महिमाको जताततै चर्चा हुन्छ ।

देवताका पनि देवता आरध्यदेव महादेव र माता पार्वतीको वासस्थान रहेको पवित्र पर्वत नै कैलाश पर्वत हो । पौराणिक ब्याख्या अनुसार यस पर्वतका चार मुखहरु स्पटिक, रुबी, निलम, र स्वर्ण श्रृंगारको प्रतिकको रुपमा अनेकौं रत्नले सुस्वभित मुद्रामा रहेको छ । हेमश्रीङ्ग, वैद्युत, ककुन्दमान र वरुण, श्रिङ्गवान र हिरण्याश्रिङ्ग जस्ता छ वटा दिब्य पर्वतहरुको बिचमा अवीस्थत यस पर्वतकोलाई कमलको फूलको प्रतिकको रुपमा पनि लिइन्छ ।

स्वयं भगवान शिवलाई नै कैलाशको नामले  पुकारिन्छ । यो हिन्दूधर्मको सबैभन्दा पवित्र तीर्थस्थल पनि हो । कैलाश पर्वत एक रहस्यमयी पर्वत हो । जहाँ धेरै रहस्यहरु रहेका छन् ।

मानसरोवर स्थित कैलाश पर्वतमा साक्षात भगवान शिव विराजमान छन् भन्ने विश्वास समेत गरिन्छ । हिन्दू धर्मावलम्वीहरुले जीवनमा एकपटक कैलाश मानसरोवरमा जानैपर्ने मान्यता पनि राख्दछन् ।(थप यो भिडियोमा हेर्नुस्)

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार