छोरीसँग बन पाखामा रमाउँदै रक्षा, कस्ती भइन् रक्षाकी छोरी ?(हेराैँ तस्बिरहरू)

लोकप्रिय हाँस्य टेलिश्रृङ्खला ‘भद्रगोल’ र ‘सक्कीगोनि‘मा आफ्नो गज्जबको अभिनय गरेर चौतर्फी तारिफ बटुलेकी अभिनेत्री रक्षा श्रेष्ठ आमा बनेपछि खासै मिडियामा नदेखिए पनि सामाजिक सञ्जालमा भने उनका छोरी सँगका तस्वीरहरु खुब भाइरल हुने गरेका छन्।

रक्षा भद्रगोलबाट निकै चर्चामा आएकी कलाकार हुन् । उनको रुपका प्रशंसकहरुले खासगरी उनको आँखा र मुस्कानको तारिफ गर्छन् । एक सयको हाराहारीमा म्युजिक भिडियोमा अभिनय गरेकी रक्षाले धेरै बढी विज्ञापनमा अभिनय गरेकी छिन् ।

धेरै म्यूजिक भिडियोमा सफलतापुर्वक अभिनय गरेकी रक्षा सानो पर्दामा नै रमाइहेकी छिन् । उनी सामाजिक सञ्जालमा निकै सक्रिय देखिन्छिन् । भद्रगोलमा जिग्रीकी मायालु प्रेमिका बनेकी रक्षा वास्तविक जीवनमा रुन्ची छिन् ।सानोतिनो कुरामा पनि तुरुन्तै रोइहाल्ने बानी उनी स्वयम्लाई मन पर्दैन । मलाई रुन ठूलो कारण चाहिँदैन, त्यत्तिकै पनि आँशु आइहाल्छ’, उनी भन्छिन् । यसले रक्षालाई एउटा कुरामा भने फाइदा भएको छ । अभिनय गर्दा पनि उनलाई रुनका लागि ग्लीसिरिन चाहिदैन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार