पैसा कमाउन गएको छोरा दु’घर्टनामा परेपछी ८० वर्षीया बुवा छोरालाई स्यार सुसार गर्दै (भिडियो)

उमेरले ८० बर्ष काटिसक्यो तर ज्यानले सुख भने कहिले पाएन । छोरा एक मात्रै छन् तिनै छोरा कमाउन भन्दै भारत पसेका थिए तर तिनको साइकल दु र्घटना भएपछि अहिले कुनै पनि काम गर्न नसक्ने अवस्थामा छन् ।

बुढेसकालमा बुवाले काम गर्न सक्ने अवस्था छैन उनी भन्छन् छोरोले मलाई कमाएर पाल्छ भन्ने पनि मलाई आशै छैन ।दुर्घटना पछि राम्रो उपचार नपाएपछि छोरोको लगातार पिसाब चुहिरहने समस्या छ । आज पिसाब चुहिनै लागेको पनि आठ बर्ष भयो ।यो जवान बेलामा पिसाब चुहाउदै बस्नु पर्ने बाध्यता छ ।

बुवाले छोरोलाई पकाउने खुवाउने स्याहार गर्ने भाडा माझ्न् सबै नै गर्छन् । उता छोरोको एउटै मात्र सपना छ – काहिकतैबाट सहयोग आइ आफू निको भएपछि बुवालाई पाल्ने तर बुवालाई पनि दमको समस्या छ । जहिले अनणन पानी पनि भनेजस्तो घरमा हुदैन र दिनहरु भोकभोकै काट्ने गरेको पनि बुवा बताउँछन् ।आफ्नो शरिरमा लुगा आफैले किनेर लाउने हैसियत नभएको र अरुले फ्यालेका दिएका लाउदै आएको उनी बताउँछन् ।बुवा आखाभरि आँसु थुपार्दै दुख पाइयो भन्छन् ।हेर्नुस् भिडियो सामाग्री

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार