नोरा फतेहीलाई कोरोना संक्रमण

काठमाडौं । बलिउड अभिनेत्री नोरा फतेहीलाई पनि कोरोना संक्रमण भएको छ । चर्चित डान्सरसमेत रहेकी नोरा फतेहीले सामाजिक सञ्जालमार्फत् आफूलाई कोरोना संक्रमण भएको जानकारी गराएकी हुन् । कोरोना पुष्टि भएसँगै नोराले आफ्नो स्वास्थ्य अवस्था निकै खराब भएको बताएकी छन् ।

यस्तो छ नोराको पोष्ट: सोसल मिडिया इन्स्टाग्राम स्टोरीमा नोराले भनेकी छन्, ‘अहिले म दूर्भाग्यबस कोरोनासँग लडिरहेको छु । म डाक्टरको सल्लाह अनुसार क्वारेन्टाइनमा छु । स्वस्थ्य रहनुहोला, सबैले मास्क लगाउनुहोला ।’

उनले थप भनेकी छन्, ‘यो चाँडो भन्दा चाँडो फैलिने र सबैलाई विभिन्न तरिकाले असर गरिरहेको हुन्छ । सचेत रहनुहोला संक्रमण सबैलाई हुनसक्छ । म अहिले निको भइरहरेको छु । आफ्नो स्वास्थ्य भन्दा अरु केही महत्वपूर्ण हुदैन ।’

गीतको प्रमोशनमा व्यस्त थिइन् नोरा :गायक गुरु रन्धावाको नयाँ गीत ‘डान्स मेरी रानी’को भिडियोमा नोरा फतेही फिचर्ड छन् । गीत रिलिज भएदेखि नै नोरा र गुरुले यसको निरन्तर प्रचार–प्रसार गर्दै आएका छन् ।उक्त गीतको चर्चा सर्वत्र भइरहेको छ । यो गीतको भिडियो रिलिज हुनेबित्तिकै युट्युबमा पनि हिट भइसकेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार