मोटरसाइकल दु’र्घटना हुँदा चालकको मृ’त्यु

सिरहा । पूर्वपश्चिम राजमार्गअन्तर्गत सिरहाको गोलबजार नगरपालिका–६ स्थित दुर्गा मन्दिर नजिक आज साँझ मोटरसाइकल दु’र्घटना हुँदा एक युवकको मृ’त्यु भएको छ ।

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको स ७ प १८५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकल चालक सिरहाको कल्याणपुर नगरपालिका–११ निवासी २५ वर्षीय सञ्जय साहको मृ’त्यु भएको प्रहरीले जनाएको छ ।

दु’र्घटनामा परी ग’म्भीर घा’इते साहलाई उपचारको लागि लहानतर्फ लैजाने क्रममा माटोमै मृ’त्यु भएको इलाका प्रहरी कार्यालय गोल बजारका प्रहरी निरीक्षक सन्तोष राईले जानकारी दिए ।(फाइल तस्बिर)

यो पनि :काठमाडौं । छिमेकी राष्ट्र भारतमा तीब्र रुपमा कोरोना संक्रमण फैलिन थालेपछि विभिन्न राज्यमा लकडाउन सुरु भइसकेको छ । जसको कारण बलिउड तथा साउथ फिल्महरुको रिलिज मिति धमाधम पोष्टपोण्ड हुन थालेका छन् ।

यसैबीच जुनियर एनटीआर र रामचरण स्टारर् बहुप्रतिक्षित फिल्म ‘आरआरआर’को रिलिज मिति पनि पोष्टपोण्ड भएको छ । तीब्र रुपमा केरोना संक्रमण फैलिरहेको अवस्थामा एसएस राजामौली निर्देशित ‘आरआरआर’को रिलिज मिति पोष्टपोण्ड गरिएको हो ।

यो फिल्म आगामी शुक्रबारबाट दर्शकमाझ रिलिज हुने सेड्युल थियो । यो फिल्ममा जुनियर एनटीआर, रामचरण, आलिया भट्ट, अजय देवगणलगायतका कलाकारहरुको मुख्य भूमिका रहेको छ ।

निर्माण पक्षले फिल्मको रिलिज मिति नजिकिएसँगै प्रोमोशनमा ठूलो धनराशी खर्च गरिसकेको थियो, भने फिल्मको अमेरिका प्रिमियरका लागि १० लाख भन्दा बढी टिकट पनि बिक्री भइसकेको जनाइएको छ

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार