अछामका सुन्दर दृश्य समेटिएको ‘ ओइ बसन्ती ‘ सार्वजनिक (भिडियो)

ओम राज डाँगी नेपालगञ्ज –अछामको पञ्चदेवल विनायक नगरपालिका पूर्वमा कालिकाेट जिल्ला, पश्चिममा कमलबजार नगरपालिका, उत्तरमा रामाराेशन गाउँपालिका र दक्षिणमा दैलेख जिल्लाकाे अाठविस नगरपालिकाकाे बीचमा अवस्थित प्राकृतिका सम्पदाले सम्पन्नशाली नगरपालिका हाे ।

यही नगरपालिकाका विभिन्न स्थानमा पुगेर छायांकन गरिएको म्युजिक भिडियो “ओइ बसन्ती ” सोमबार सार्वजनिक भएको छ। विगत पन्ध्र वर्षदेखि नेपाली कलाकारिता क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल कलाकार तथा सञ्चारकर्मी कृष्णराज अधिकारी र मोडल मौसमी राणा मगरको अभिनय रहेको उक्त भिडियो छायांकन र सम्पादन रामु चौधरीले गरेका छन् भने भिडियो निर्देशन कृष्ण आफैले गरका छन्।

गीतमा शब्द,संगीत स्वर भरत अधिकारी’ जलन ‘ को रहेको छ भने एरेन्ज कमल अधिकारीको रहेको छ ,यसो त गायक तथा सर्जक भरत अधिकारीको जन्मथलो पनि हो अछामको विनायक ,उनले आफ्नो ठाउँमा पर्ने विभिन्न रमणीय स्थलहरुलाई यो गीत मार्फत जोड्ने प्रयास गरेका छन् । हेरौं उक्त भिडियो।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार