लकडाउनको त्रासले गाउँ फर्कनेको भीड, रातभर सडकमा

भारतमा २ साता नपुग्दै दैनिक कोरोना संक्रमण पुष्टि हुनेको संख्या ६ हजारबाट १ लाख पुगिसकेको छ । संक्रमणको जोखिमलाई रोक्न भारतका विभिन्न शहरमा प्रतिबन्धको घोषणा गरिएको छ।

लकडाउन हुने त्रासले मुख्य शहरबाट गाउँ फर्कनेको घुइँचो लागेको छ । भारतको धेरै जनघनत्व भएको शहर मध्येको एक मुम्बईबाट गाउँ फर्किनका लागि रेलको टिकट अभाव भएको छ । रेलको टिकट नपाएपछि  मजदुरहरु रातभर रेल स्टेशन आसपासमा बस्न बाध्य भए।

 धेरैजसो बिहार, उत्तर प्रदेश लगायतका मजदुरहरु थिए । मुम्बईको लोकमान्य तिलक रेलवे स्टेशनमा धेरै घुइँचो भएपछि प्रहरीले प्रवेश दिएन । भीड नियन्त्रण गर्न प्रहरीले लाठीचार्ज समेत गरेको थियो। तत्काल लकडाउन भएमा घर फर्कन नपाउने र खान बस्नको समस्या हुने त्रास मजदुरहरुमा थियो। उनीहरु रातभर सडकमै सुतेका देखिन्थे। 

भारतमा पहिलो पटक लकडाउन हुँदा मजदुरहरु महिनौ हिँडेर गाउँ फर्किएका थिए । फेरि त्यस्तै अवस्था आउने त्रास मजदुरहरुमा देखिएको छ। नेपाली मजदुरहरु समेत भारतका विभिन्न ठाउँबाट हिँडेरै नेपाल फर्किएका थिए।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार