२५ वर्षपछि काममा फर्किइन अभिनेत्री मनिषा कोइराला, छिन् खुशीले फुरुगं

मुम्बई । बलिउड निर्देशक सञ्जयलीला भन्साली र अभिनेत्री मनिषा कोइरालाले २५ वर्षपछि सँगै काम गर्ने भएका छन् । दुई दशकअघि भन्सालीको डेब्यु चलचित्र ‘खामोसी स् दि म्युजिकल’ मा मनिषाले काम गरेकी थिइन् । चलचित्रमा अभिनेत्री मनिषाले एनी नामको चरित्र निर्वाह गरेकी थिइन् । जसले बोली नभएका मातापिता र प्रेमीको बीचमा फसेको युवतीको चरित्र निर्वाह गरेकी थिइन् ।

त्यसयता यी दुवैले सँगै काम गरेका थिएनन् । अहिले भने उनीहरु दुवै नेटफ्लिक्सको एक सिरिजका लागि सहकार्य गर्न तयार भएका हुन् । निर्देशक भन्सालीले मनिषालाई ‘हिरामन्डी’ मा समेत एक महत्वपूर्ण भूमिकामा अनुबन्ध गरेका छन् । यस चलचित्रमा यसअघि नै अभिनेत्री हुमा कुरेसी र सोनाक्षी सिन्हाले काम गर्ने निश्चित भइसकेको छ ।

चलचित्र ‘हिरामन्डी’ लाई नेटफ्लिक्सले निर्माण गर्न लागेको हो । पाकिस्तान कुनै समय वेश्यागमनका लागि निकै चर्चित रहेको विषयलाई चलचित्रमा उठान गर्न खोजिएको निर्माण पक्षले जनाएको छ ।सौर्य दैनिकमा खबर छ । सिरिजकै रुपमा आउन लागेको यो चलचित्रले वेश्यागमनका लागि पाकिस्तानमा कुनै समय चल्तीमा रहेको ठाउँको कथा प्रस्तुत गर्ने भारतीय सञ्चार माध्यमले जनाएका छन् । निर्माण पक्षका अनुसार ७ भागको सिरिजमा बन्ने र हरेक भाग १ घण्टा अवधिको रहनेछ । खबर अनुसार यसको पहिलो भाग भन्साली स्वयंले निर्देशन गर्नेछन् भने बाँकी अन्य भाग अरु निर्देशकले निर्देशन गर्नेछन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार