२४ घण्टामा कोरोनाले ४४२ जनाको मृ’त्यु भएपछि खैलाबैला

२८ पुस, काठमाडौं । भारतमा लगातार कोरोना संक्रमण दर बढ्दो छ । स्वास्थ्य मन्त्रालयको पछिल्लो विवरण अनुसार गत २४ घण्टा मात्रै एक लाख ९४ हजार जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यसैगरी ४४२ जनाको मृ’त्यु भएको छ ।

मंगलबार १ लाख ६९ हजार जनामा संक्रमण पुष्टि भएको थियो भने २ सय ७७ जनाको मृ’त्यु भएको थियो ।भारतको राजधानी दिल्लीमा प्रत्येक चार व्यक्तिमध्ये एक जनामा संक्रमण पुष्टि भएको भारतीय मिडियाहरुले जनाएका छन् । दिल्लीमा २३ जनाको मृ’त्यु भएको छ जुन पछिल्लो आठ महिनायताकै सबैभन्दा धेरै हो ।

यो पनि : पुस २७ गते । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयले हवाई यात्रु आवागमनको चाप र विमानस्थलमा स्थान सीमितताको कारण अति जरुरी बाहेक स्वागत तथा बिदाइ गर्न नआउन आग्रह गरेको छ ।

कार्यालयले विज्ञप्तिमार्फत जरुरी काम बाहेक यात्रुको स्वागत तथा बिदाइका लागि मात्र विमानस्थल नआइदिन आग्रह गरेको हो । विमानस्थलमा अनावश्यक भिडभाड नगरिदिन साथै हवाई यात्रा गर्दा अपनाउनुपर्ने स्वास्थ्यसम्बन्धी सम्पूर्ण मापदण्डको परिपालना गरी गराई मात्र दैनिक हवाई सेवा सुचारु गर्नु गराउनु हुन सम्बद्ध सबै सरोकारवालासँंग विशेष अनुरोध विज्ञप्तिमा गरिएको छ ।

साथै, कोभिड –१९ को जोखिमलाई दृष्टिगत गरी विमानस्थल कार्यालयबाट अति नै जरुरी अवस्थामा बाहेक पास उपलब्ध नगराइने जनाएको छ।

अन् समाचार | काठमाडौं, २७ पुुस । त्रिभुवन विमान स्थल कार्यालयले बढ्दै गइरहेको कोरोना भाइरस संक्रमणलाई ध्यान दिँदै भिजिटर पास वितरण बन्द गरेको छ । अति नै आवश्यक अवस्थामा बाहेक भी पास उपलब्ध नहुने विमानस्थलले जनाएको छ ।

यसको साथै विमानस्थलले आफन्तको विदाइ र स्वागतका लागि विमानस्थल नआउन पनि सर्वसाधारणलाई अनुरोध गरेको छ । हवाई यात्राको क्रममा कोरोना प्रोटोकल्सको पालना गर्न र हवाई यात्राको क्रममा कोरोना प्रोटोकल्सको पालना गर्न र भिडभाड नगर्न पनि सम्बन्धित निकायलाई आग्रह गरेको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार