गोपाल नेपाल जिएमको नयाँ गीत ‘ कुन बजार घुमाइदिउ ‘ सार्वजनिक(भिडियो)

नेपालगन्ज : युवा पुस्ताले निकै रुचाउने गायक हुन् गोपाल जिएम । युवा अवस्थाका दर्शक स्रोताको स्वादलाई बुझ्न सक्ने सर्जक एवम् गायकको रुपमा आफ्नो छबि बनाएका गोपाल लामो समयपछि सांगीतिक कार्यमा कमव्याक भएका छन् ।

द्रुत गतिमा बढिरहेको गोपालको सांगीतिक यात्रालाई करिव २ वर्ष अघि कोरोनाले ठप्प रोकिदिएको थियो। त्यसो त कोरोना कहरकोबीचमा गोपालका केही सांगीतिक कोसेली बजारमा नआएका भने होइनन् । तर कोरोना कहरमा रिलिज भएका केही गीतले गोपालको पुनरागमन गराउन सकेनन् ।

अन्ततः दर्शक स्रोताको चाहलाई मध्यनजर गर्दै आफ्नै शब्द, संगीत अनि स्वर रहेको नयाँ गीत “कुन बजार घुमाइदिउँ”बाट सांगीतिक बजारमा कमव्याक भएका छन् गोपाल। सोमबार रिलिज उक्त गीतमा गोपालका अलवा लोकप्रिय गायिका मिलन नेवारको पनि दमदार एवम् सुमधुर आवाज सुन्न सकिन्छ।

गीतको शब्द अनि संगीत गोपाल स्वयंले नै तयार गरेका हुन् । उनले नेपालका प्रमुख शहरहरुको नामलाई प्रेमिल तरिकाले गीतमा समाबेश गरेका छन् । गीतको मेलोडी लोकपप फ्लेवरको छ। त्यसो त, गोपाल एउटा लोक दोहोरी गायक भएता पनि दर्शक स्रोताले लोकपप फ्युजन मेलोडी भएका गीतबाट उनलाई अत्याधिक रुचाएका हुन् । यश अघिका उनका गीतभन्दा यो गीत पृथक छ।

गीतको अडियो दमदार अनि मेलोडियस छ। मिलन र गोपालको गायिकी पनि गीतमा अब्बल अनि उत्कृष्ट सुनिएको छ। गीतको अडियो जति सशक्त छ, भिडियो झन आकर्षक बनेको छ।भिडियोमा गोपाल र लोकप्रिय मोडल गीता ढुंगाना फिचर्ड छन् । गोपाल र गीताको आकर्षक डान्स अनि अभिनय भिडियोमा देख्न सकिन्छ। गीता र गोपाल।केमिस्ट्री पनि गजब देखिएको छ भिडियोमा।

भिडियोमा गोपालको डान्स हेर्दा उनी गायक, सर्जक मात्रै नभएर राम्रो डान्सर पनि हुन् भन्ने आभाष हुनेगर्छ। मौसम हिमालीले भिडियोको कोरियोग्राफी एवम् निर्देशन गरेका हुन् ।नवराज उप्रेतीले आकर्षक फ्रेममा खिचेको भिडियोलाई मिलन विश्वकर्माले सम्पादन एवम् कलर गरेका हुन् । भिडियो गोपाल जिएमको अफिसियल युट्युब च्यानलबाट रिलिज गरिएको हो। भिडियो..

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार