विद्यार्थीले कोरोना खोप लगाउने बारे आयो यस्तो खबर (पढ्नुहोस्)

यसअघि कोरोनाविरुद्धको खोप लगाउन छुटेका विद्यार्थीले आजदेखि पुनः खोप लगाउन पाउने भएका छन्। खोप लगाउने प्रयोजनका लागि सरकारले आजदेखि पाँच दिनसम्म विद्यालय खोल्ने निर्णय गरेको हो। पहिलो चरणमा छुटेका विद्यार्थीलाई विद्यालयमा गएर खोप लगाउन पनि सरकारले आग्रह गरेको छ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सूचना निकालेर माघ १५ देखि २० गतेसम्म विद्यार्थीलाई अनिवार्य रूपमा खोप लगाउन आग्रह गरेको थियो। स्थानीय तहका स्वास्थ्य संस्थाले आजदेखि पाँच दिनसम्म विद्यालयमै पुगेर विद्यार्थीलाई खोप लगाउँदैछन्। 

सबै विद्यार्थीले खोप पाएपछि विद्यालयमा पठनपाठन र परीक्षाहरू सञ्चालन गर्ने तयारी सरकारले गरेको छ। कोरोना सङ्क्रमण कायमै रहेकाले यो मसान्तसम्म भने विद्यालयमा पठन पाठन नहुने भएको छ। माघ मसान्तसम्म विद्यालय बन्द गर्न कोभिड–१९ व्यवस्थापन समन्वय समिति सीसीएमसीसीले सरकारलाई सिफारिस गरिसकेको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार