यसै बोल्ड साम्राज्ञी, नाइटोमा गहना झुन्डाएर झनै बोल्ड !

नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहले नयाँ चलचित्रको काम गरेकी छैनन् । वैशाखबाट दोश्रो चरणको निषेधाज्ञा भएपछि नेपाली चलचित्रको काम ठप्प भयो ।म्युजिक भिडियोको छायांकनको गती भने रोकिएको थिएन । भिडियोको छायांकनमा कलाकारहरु व्यस्त हुँदा साम्राज्ञी भने यसबाट टाढै रहिन् ।

साम्राज्ञी सुटिङ सेटमा फर्किएकी छिन् । तर, यसपटक उनी चलचित्रको नभएर म्युजिक भिडियोको सेटमा फर्किएकी हुन् ।ट्री इन्टरटेन्मेन्टले निर्माण गरिरहेको एक गीतको भिडियोमा दर्शकले साम्राज्ञीलाई देख्न पाउनेछन् । अस्मिता अधिकारी र विश्व नेपालीको स्वर रहेको गीतमा साम्राज्ञीले काम गरेकी हुन् । यो गीतको भिडियोको छायांकन काठमाडौंका विभिन्न स्थानमा गरिएको हो ।

त्यस्तै पछिल्लो समय उनी सामाजिक संजालमा झनै बोल्ड बनेर फोटोशुट गरेकी छन् । जहाँ उनि निकै अोपन ड्रेसमा निकै खुलेकी छन् । उक्त तस्बिर र भिडियो उनले इन्स्टामा सार्वजनिक गरेकी छन् ।पछिल्लो समय भने उनी नाइटोमा पियरसिङ गरेको देखाएका केहि तस्बिर साझा गरेकी छन् जहाँ उनी निकै बोल्ड देखिएकी छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार