एउटा यस्तो मन्दिर जुन मन्दिरको छाया देखिँदैन (भिडियो)

श्री जगन्नाथ मन्दिर एउटा हिन्दु मन्दिर हो, जुन भगवान जगन्नाथ श्रीकृष्ण मा समर्पित रहेको छ । यो भारतको उडिसा राज्यको तटवर्ती शहर पुरीमा अवास्थित रहेको छ । जगन्नाथ शब्दको अर्थ जगतको स्वामी हुन्छ । भगवान श्रीकृष्ण नगरीलाई नै जगन्नाथपुरी वा पुरी भन्ने गरिन्छ । 

 यस मन्दिरलाई हिन्दुहरूको चार धाम मध्ये एकको रूपमा गनिन्छ । यो वैष्णव सम्प्रदाय को मन्दिर हो जुन भगवान विष्णुको अवतार श्रीकृष्णमा समर्पित छ । [ यस मन्दिरको बार्षिक रथ यात्रा उत्सव बिश्व प्रसिद्ध रहेको छ । रथयात्रामा मन्दिरका तीनै मुख्य देवता, भगवान जगन्नाथ, उनको ठुलो भ्राता बलभद्र र भगिनी सुभद्रा तीनटै, तीन बेग्ला-बेग्लै भव्य र सुसज्जित रथमा विराजमान भएर नगरको यात्रामा निस्किने गरेका छन् ।

भारतको इतिहासमा मध्य-काल देखिनै यो उत्सव साह्रै हर्षोउल्लासका साथ मनाउने गरिएको छ । यो संगै यो उत्सव भारतको अन्य धेरै वैष्णव कृष्ण मन्दिरहरूमा मनाउने गरिन्छ र तिनको नगर परिक्रमा गराउने गरिन्छ ।  यो मन्दिर वैष्णव परमपरा र सन्त रामानन्द सँग जोडिएको छ । यो गौडीय वैष्णव सम्प्रदायको लागि अत्यन्त महत्त्व राख्दछ । थप यो भिडियोमा हेर्नुहोस्।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार