काठमाडौं । जाजरकोटका पाका राजनीतिज्ञ एवं पूर्वआपूर्ति सहायक मन्त्री तेजविक्रम शाहको निधन भएको छ । नेपालगञ्ज उपचार गराइरहनुभएका ९१ वर्षीय पूर्व सहायक मन्त्री शाहको निधन भएको हो ।पूर्वसांसद गोविन्दविक्रम शाहका बुवा पूर्वसहायक मन्त्री शाहको दाहसंस्कार जाजरकोटको भेरी नगरपालिका १ स्थित शिवालयमा घाटमा आजै हुने भएको छ ।
उहाँको पारिवारिक स्राेतले दिएको जानकारी अनुसार शाहको निवासमै श्रद्धान्जली कार्यक्रमको आयोजना गरिएको छ । पटक पटक जिल्ला सभापति भएर २०४५–०४६ सालमा तत्कालीन आपूर्ति सहायक मन्त्री बन्नुभएको थियो ।
यो पनि, जोरायल गाउँपालिका– १ गोगनपानीमा एक बालक मृत अवस्थामा फेला परेका छन् । विवाहबाट घर फर्किरहेका डडेल्धुराको आलिताल गाउँपालिका–१ भुसुका १६ वर्षीय बालक भानु नाथ मृत्तावस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
यही माघ २३ गते राति बिहेमा गएका नाथ आज गोगनपानी सडक नजिकै मृत अवस्थामा भेटिएका र घटनाबारे जानकारी पाएपछि जिल्ला प्रहरी कार्यालयको टोली घटनास्थलतर्फ गएको सह–प्रवक्ता रवीन्द्र चन्दले जानकारी दिनुभयो ।