हिउँ खेल्न गएका दुई किशोर ११ दिनपछि मृ’त अवस्थामा फेला

काठमाडौ :जाडो महिनामा हिमाली र पहाडी क्षेत्रमा पर्ने हिउँले लोभ्याउने गर्छ । त्यही हिउँको सुन्दरताले गोरखा वारपाकका दुई युवको ज्यान गएको छ । हिउँ खेल्न गएका दुई युवा १० दिन पछि मृत फेला परेका छन् । परिवारका सदस्यले उनीहरु कतै घुम्न गएका होलान् भन्ने ठानेर प्रहरीलाई ढिलो खबर गरेका थिए । बारपाक सुलिकोट गाउँपालिका–१ तिम्रास्थित डाँडाको खोचमा आइतबार दुई युवाको श’व फेला परेको हो ।

हिउँ खेल्न भन्दै माघ २० गते उनीहरु घरवाट निस्किेका थिए । बारपाक सुलिकोट गाउँपालिका(१ का साइला भन्ने सञ्जय घले र बारपाक सुलिकोट २ का करण घले हिउँ खेल्न भन्दै लाप्राक गएका थिए । सोही दिनदेखि उनीहरू सम्पर्कविहीन भएपछि परिवारले खोजी थालेका थिए ।

तीन दिन सम्म पनि उनीहरु घर फर्केर नआएपछि मात्र प्रहरीमा खबर गरिएको थियो । उनीहरु कतै आफन्तकोमा गएको हुनसक्ने भन्दै परिवारले कुरेर बसेका थिए । तर तीन दिन पछि पनि उनीहरुको कुनै खबर नआएपछि भने प्रहरीमा खोजीका लागि अनुरोध गरेका थिए । परिवारका सदस्यले खोजीका लागि आग्रह गरेपछि खोजी गर्दा उनीहरुको शव फेला परेको डिएसपी प्रकाश दाहालले बताए ।

प्रहरीले खोजी गर्दै जाने क्रममा आइतबार साँझ करिब पाँच बजे उनीहरू मृत अवस्थामा भेटिएको जनाएको छ । प्रहरीले उनीहरु हिउँ खेल्दै जाँदा चिप्लिएर लडेको हुनसक्ने प्रारम्भिक अनुमा गरेको छ । उनीहरु माथि वाट चिप्लिएर खोँचमा पुगेको र माथि आउन नसकेपछि चिसोमा नै मृत्यु भएको अनुमान गरिएको छ । तर पनि प्रहरीले थप अनुसन्धानको लागि जिल्लावाट प्रहरी अधिकृतको टोली लागेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार