सुर्खेतमा कर्फ्यु , आन्दोलनले लियो उग्ररुप

अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौता अनुमोदनको विरोधमा प्रदर्शन चर्किएपछि जिल्ला प्रशासन कार्यालय सुर्खेतले सदरमुकाम वीरेन्द्रनगरमा कर्फ्यू आदेश जारी गरेको छ ।

दिनभर प्रहरीसँग ठाउँठाउँमा झ’डप हुँदै जाँदा बेलुुका ७ बजेतिर बन्दकर्ताले वीरेन्द्रनगर–६ गोदाम लााइनमा रहेका नेपाली कांग्रेस, नेकपा(एमाले), माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी)को कार्यालयमा तोडफोड तथा आगजनी गरेका छन् । आन्दोलनकारीले सुर्खेतमा विभिन्न पार्टीका कार्यालयहरुमा तो’डफो’ड र आग जनी गरेपछि कर्फ्यु आदेश जारी भएको हो।

सोमबार बेलुका सवा ८ देखि मंगलबार बेलुका ७ बजेसम्मका लागि कर्फ्यू आदेश जारी गरेको प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले बताए । ‘उत्तरमा कपासे, दक्षिणमा काभ्रेबिहार, पूर्वमा सुब्बाकुना र पश्चिममा बोसिमल क्षेत्र तोकेर कर्फ्यू आदेश जारी गरिएको छ ।’ उनले भने, ‘प्रदर्शन बढेपछि र पार्टी कार्यालयहरुमै आग’जनी हुन थालेपछि कर्फ्यू आदेश जारी गर्नुपरेको हो ।’

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार