हरेक दिन बिहान एक घन्टा ध्यान गर्छिन सुहाना

अधिकांश युवा पुस्तालाई बिहान ढिलोसम्म सुत्न मन लाग्छ। अभिनेत्री सुहाना थापाको भने दैनिकी बिहान साढे ४ बजे नै सुरू हुन्छ। हरेक दिन बिहान उनी एक घन्टा ध्यान र व्यायाम गर्छिन्न विज्ञानकी विद्यार्थी उनी ध्यान र व्यायामले मानसिक र शारीरिक रूपमा स्वस्थ बनाउने बताउँछिन्।

सुहाना होम-प्रोडक्सनको ‘ए मेरो हजुर ३’ बाट नेपाली फिल्म क्षेत्र प्रवेश गरेकी हुन्। आमा झरना थापाको निर्देशनमा बनेको आफ्नो पहिलो फिल्ममै सफलता चाखेकी हुन उनले।

सुहानालाई जनावर निकै मनपर्छ। गाईको विशेष पूजा गर्छिन्। लकडाउनमा नयाँ बानेश्वरदेखि गौशालासम्म पुगेर गाई र बाँदरलाई खाना खुवाउँथिन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार