यस्तो छ शिल्पा शेट्टीको फिट्नेस टिप्स (भिडियो)

बलिउड अभिनेत्री शिल्पा शेट्टी सामाजिक सञ्जालमा निकै सक्रिय हुन्छिन् । यसका साथै उनी आफ्नो फिटनेशमा निकै ध्यान दिने अभिनेत्री पनि हुन् । उनले योग र फिटनेशबारे पुस्तक नै लेखेकी छन् ।उनी सामाजिक सञ्जालमा पनि विभिन्न किसिमका वर्कआउट भिडियोहरू सार्वजनिक गरिरहेकी हुन्छिन् । 

हालै शिल्पाले एक प्राणायाम भिडियो सार्वजनिक गरेकी छन् । उनले मुस्किल अवस्थामा रहेका मानिसहरूको सहजताका लागि यो भिडियो सार्वजनिक गरेको बताएकी छिन् । नियमित प्राणायाम गर्दा मानसिक र शारीरिक रूपमा समेत फिट रहन सकिने उनको भनाइ छ । शिल्पाले प्राणायाम गर्ने तरिका पनि निकै सरल तरिकाले देखाएकी छन् । भिडियो

यो पनि : कोरोनाका कारण रोकिएको फिल्म ‘परदेशी २’ को प्रदर्शन मिती तय गरिएको छ । फिल्मको पहिलो झलक सार्वजनिक गर्दै आगामी २०७८ को दशैंमा ‘परदेशी २’ दर्शकमाझ आउने निर्माण पक्षले जानकारी गराएको हो ।

नारायण रायमाझी निर्देशित फिल्म ‘परदेशी २’ मा प्रकाशसँगै फिल्ममा प्रकाश सपुत, दिलीप रायमाझी, प्रशान्त तामाङ, केकी अधिकारी र वर्षा सिवाकोटीको अभिनय छ । नारायण ईन्टरनेशनल प्रालिको ब्यानरमा बनेको फिल्म राजेश वंशल र नारायण रायमाझी मिलेर बनाएका हुन् ।

नारायण इन्टरनेशनल प्रालिको ब्यानरमा ‘परदेशी २’ ‘गोर्खापल्टन’ र ‘परदेशी’पछि निर्माण भएको हो । रमेश बीजीको कथा रहेको फिल्ममा नीर शाह, सुशील पोखरेल, सविन बास्तोला, रमा थपलिया, भीमा मैनाली, रोशनी कार्की, देबेन्द्र बब्लु लगायतका कलाकारहरुले पनि अभिनय गरेका छन् ।

फिल्ममा बीबी अनुरागीको संगीत, गोविन्द राई र रामजी लामिछानेको कोरियोग्राफी रहेको छ । सुदीप कुँवरको सहनिर्देशन रहेको यो फिल्ममा अष्ट महर्जनको द्वन्द्व, मानकृष्ण महर्जनको छायांकन र दीर्घ खड्काको सम्पादन छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार