नायिका पूजा शर्माले मनाइन् प्रेमीसँग होली ( तस्बिर सहित )

काठमाडौं / रंगहरुको पर्व फागु पुर्णिामा  काठमाडौं लगायत पहाडी जिल्लाहरु सकिएर तराईमा मनाइँदै छ । यो बर्षको होलि कलाकारहरुले धुमधामका साथ मनाएका छन् । त्यस्तै    नायिका पूजा शर्माले प्रेमी युद्ध बानियासँग कुरिनटार पुगेर होली मनाएकी छिन् । प्रेम पश्चात् पूजा र युद्धको यो पहिलो होलि हो । केही साता अगाडी पूजाले युद्धसँगको प्रेम सम्बन्ध सार्वजनिक गरेकी थिइन् ।

प्रेम सम्बन्ध सार्वजनिक गरेकी पूजा अब युद्धसँग बिहेको तयारी छिन् । बुझिए अनुसार आउँदो बैशाखमा पूजा र युद्धबिच बिबाह हुनेछ । उनीहरु पारिवारिक भेटघाटपछि प्रेममा सम्बन्धमा बाँधिएका हुन् । सुगठित शरीरका धनी युद्ध ब्यापारिक र राजनीतिक घरनाका हुन् । अन्य समाचार / काठमाडौं, १६ चैत्र। आज पनि होली मनाइँदैछ । रंगहरूको पर्व होली आन तराई तथा मधेसका जिल्लाहरूमा हर्षोलासका साथ मनाइँदैछ । आज राजधानीमा बस्दै आएका तराई मुलका नागरिकले समेत होली मनाउँदै छन् ।

पहाडी जिल्लामा विहिबार (हिजो) नै फागु पूर्णिमा अर्थात् होली मनाइए पनि तराई मधेसका जिल्लाहरूमा भने आज मनाउन लागिएको हो ।होलीका अवसरमा केन्द्र सरकारले आज एक दिन तराई मधेसका जिल्लाहरुमा सार्वजनिक बिदा दिएको छ ।

भौगोलिक संरचना र मान्यताअनुरूप फागु पूणिर्मा मनाउने चलन छ । स्थानअनुसार मनाइने फागु पुणिर्माको नाम पनि फरक फरक छ ।हिमाली र पहाडी भेकमा ‘फागु’ र मधेशमा ‘होली’ भनिन्छ । मैथिली भाषामा भने होलीलाई ‘फगुआ’ र ‘होरी’ भनिन्छ । तराईमा होलीको विशेष महत्व छ ।

यता, काठमाडौं उपत्यकासहित देशका पहाडी तथा हिमाली भेगमा बिहीबार हर्षोल्लाससहित फागु पूर्णिमा अर्थात होली मनाईएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार