काठमाडौं – चर्चित गायिका बिमा कुमारी दुरा नेपाली लोकदोहोरी गायनमा एक लोकप्रिय नाम हो । लमजुङको दुराडाँडामा २०२८ सालमा जन्मेकी दुराले ६ हजार जति गीतमा आफ्नो सुमधुर स्वर दिएकी छिन् । बिमा कुमारी दुरा ‘लाइछु माया अर्कैको नासो’ भन्ने गीतबाट गायन यात्राको औपचारिक शुरुवात गरेकी दुराको वास्तविक जीवनमा पनि यस्तै नै भयो ।
आफूले माया गरेको मान्छे अर्कैको नासो भएको थाहा पाएपछि दुरा अहिले एकमात्र छोरीसँग बस्दै आएकी छिन् । २०४७ सालमा रेडियो नेपालले आयोजना गरेको प्रतियोगितात्मक लोकगीत सम्मेलनमा प्रथम भएपछि उनले आफ्नो सक्रिय गायन यात्राभर कसैसँग प्रतिस्पर्धा गर्नुपरेन ।
“एक नम्बर’की गायिकाका रूपमा स्थापित गायिका बिमा कुमारी दुरा आफ्नो जमानाकी अब्बल गायिकाको रूपमा रहिरहिन् । उनको पहिलो एल्बम ‘छुट्यो मायाजाल’ त्यतिखेरको सबैभन्दा बढी बिकेको एल्बममा पर्छ । संयोग नै मान्नु पर्छ उनको पहिलो गीत र पहिलो एल्बमले उनको जीवनको वास्तविकता पहिले नै बोलिसकेका थिए ।
मेलापातमा गीत गाउँदा नै उनको मनमा एउटा सपना थियो, देशको लोकप्रिय गायिका बन्ने । भयो पनि त्यस्तै । रेडियो नेपालका गीतहरू नै उनका प्रेरणाका स्रोत हुन् । उनलाई न गीतको गुरु थाप्नु पर्यो न त उनलाई कुनै वाद्ययन्त्र बजाउन नै आउँछ ।
गाउन कुनै रियाजसम्म नगर्ने दुरा साँच्चिकै सरस्वतीको प्रसाद नै हुन् भन्दा अत्युक्ति नहोला । दोहोरी गाउँदा अब्बल ठानिएका गायक गायिकाहरूलाई समेत हराएको अनुभव छ उनीसँग । ‘यो दाजुको मिर्मिरे आँखा’ गायक प्रवीण गुरुङसँग गाएको गीतले त उनलाई अझ नयाँ चिनारी थपिदियो ।
सबैलाई गीत गायर आन्दन्दित बनाउने लोकप्रिय गायिका आज मिडियामा धुरु धुरु रुदै आएकी छिन । उनि भन्छीन आफ्नै मान्छेले ठगे पछी केहि गर्नु नसकिदो रैछ भन्दै गुनासो पोखेकी छिन , आफ्नैले करोडौ ठगेर घर न घाट बनाएर भाग्यो भन्दै पोखिन सबै पिडा , यस समाचार बारे पुरा जानकारिको लागी भिडियो हेर्नुस –