‘ब’लात्का’र हुनेबित्तिकै चिच्याउनुपर्छ विवादमा तानिए नायक रमेश उप्रेती

काठमाडौं– अभिनेता रमेश उप्रेती वि’वादमा तानिएका छन्। उप्रेतीले ‘ब’लात्का’र हुने बित्तिकै चिच्याउनुपर्छ’ भन्ने टिप्पणी गरेपछि वि’वादमा तानिएका हुन्। 

त्यसो त नेपाली कलाकारले कहाँ के बोल्नुपर्छ भन्ने हेक्का नराख्दा विवादमा तानिरहन्छन्। उप्रेतीबाट पनि यस्तै भयो। गत मंगलबार उनले एक टिभी कार्यक्रममा कुराकानीका क्रममा बलात्कार हुने बित्तिकै चिच्याउनु नपर्ने, कराउनुपर्ने आशयको टिप्पणी दिएका थिए।‘पहिलो कुरा त ब’लत्का’र हुनेबित्तिकै कराउनुपर्ने वा भोलिपल्टै प्रहरीमा गएर उ’जुरी दिनुपर्ने’ उनले कार्यक्रममा भनेका थिए। 

उनको यो अभिव्यक्ति पल शाह प्रकरण लक्षित थियो भन्ने पनि बुझिन्छ। उप्रेतीको यस्तो बयानलाई लिएर नायिकाद्वय बेनिशा हमाल र स्वस्तिमा खड्काले आपत्ति जनाएका छन्।

उनीहरुले आफ्नो इन्स्टाग्राममा रमेश उप्रेती बोलेको भिडियो क्लिप सेयर गर्दै उप्रेतीको सोच गलत रहेको बताएका छन्। उनले पल शाह पी’डक नरहेको समेत भन्न भ्याएका छन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार