प्रकाश पराजुली र रिना केसीको मौलिक रत्यौली गीत ‘हो र हो’ सार्वजनिक  (भिडियो सहित)

काठमाडौं – पछिल्लो समय नेपाली  सांगितिक बजारमा नेपाली लोक गीत संगित चर्चा परिचर्चामा रहेको छ । समस्त लोक दोहोरी गीत सबै दर्शक स्रोताको नजरमा लोकप्रिय बन्दै गएका छन् ।

लोक तथा दोहोरी क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गरेर गीतहरु बजारमा  आउनेक्रम बढेको छ । मायाप्रेम र बिछोडले भरिएका गीतहरु दैनिकजसो बजारमा आईरहेका छन् । त्यसो त रमाईला, नचाउने किसीमका गीतहरुपनि बजारमा आईरहेका छन् तर बढिजसो मायाप्रेमका गीतहरु आउने गर्छन् कारण यस्ता गीतलाई दर्शकश्रोताले रुचाउछन् ।

नेपाली गीत संगीतको क्षेत्रमा एकपछी अर्को गर्दै निकै उत्कृष्ट गीत संगीत बजारमा आइरहेका छन् । सोहि क्रममा गोविन्द पौडेल र रिना केसीको नयाँ मौलिक रत्यौली गीत ‘हो र हो’ भखरै मात्रै  डिजिटल बजारमा सार्वजनिक भएको छ ।

दोहोरी च्याम्पियन बिजेता एवम् चर्चित दोहोरी गायक प्रकाश पराजुली र लोकप्रिय गायिका रिना केसीको आवाजमा रहेको उक्त गितमा गितकार गोविन्द पौडेलको उत्कृष्ट शब्द सृर्जना एवम् सर्जक दिनेश क्षेत्रीको लय रचना रहेको छ । गितमा मौलिकता पन झल्काईएको छ ।अत्यन्तै सरल र मौलिक शब्दहरुले भरिएको गितमा मायाप्रेमकै बिषयवस्तुलाई रत्यौली शैलीमा प्रस्तुतित गरिएको छ ।

         “हो र हो
आऊने थिन मायालु रो र हो”

गीतको अडियो र भिडियो दुवै उत्कृष्ट बनेको छ । भिडियोलाई  कुमार केसीले निर्देशन गरेका छन भने कलाकार रुविना अधिकारी, तेजस रेग्मी र यादव देवकोटा ‘सरापे’ को अभिनय संगै डान्सिङ्ग फिचर रहेको छ ।

अत्यन्तै उत्कृष्ट शैलीमा तयार पारिएको गितको म्युजिक भिडियोलाई अजय रेग्मीको छायांकन एवम् अमृत चापागाईको सम्पादन रहेको छ । गीतको म्युजिक भिडियो अत्यन्तै रोचक र लोभलाग्दो वनेको छ ।उक्त गितको म्युजिक भिडियो तेजस रेग्मी को अफिसियल युटुव च्यानलबाट बजारमा पठाईएको छ ।भिडियो हेर्नुहोस् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार