नेपाल आउन लागेकी ज्याकलिनले यसकारण माग्नुपर्यो अदालतसँग अनुमति

काठमाडौं । बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिज अहिले २०० करोड भारुको मनी लाउन्ड्रिङ मुद्दाको सामना गरिरहेकी छन् । प्रवर्तन निर्देशनालय (ईडी)ले गत साता उनको ७ करोड भारु बराबरको सम्पत्ति पनि जफत गरेको छ ।

ईडीले यसअघि नै ज्याकलिनविरुद्ध लुकआउट सर्कुलर पनि जारी गरेको छ । जसको कारण उनलाई विदेश जान समेत रोक लगाइएको छ । यस सिलसिलामा ज्याकलिनले १५ दिनको लागि विदेश जान माग गर्दै दिल्लीको एक अदालतमा निवेदन दिएकी छन् ।

न्युज एजेन्सी एएनआईका अनुसार नेपालमा दबङ रिलोडेड टुरको कार्यक्रममा सहभागी हुन आउन ज्याकलिनले अनुमति मागेकी हुन् । साथै, अबुधाबीमा हुन लागेको आइफा फिल्म अवार्ड र फ्रान्सको भ्रमणको लागि पनि उनले अनुमति मागेकी छन् ।

सुकेश चन्द्रशेखर नाममा एक व्यक्तिसँग मनी लाउन्ड्रि«ङ केसमा जोडिएपछि ज्याकलिनविरुद्ध लुकआउट सर्कुलर जारी भएको थियो । पछिल्लो वर्ष उनलाई दुबई उड्न लागेको बेला मुम्बई विमानस्थलमा रोकिएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार