जीप चढेर  मतदान केन्द्रतर्फ गएका थिए कहिलै नफर्किने गरी अस्ताए, १३ जनाको मृ’त्यु

स्याङ्जाको वालिङमा मतदाता बोकेको ग २ प ३०२६ नम्बरको जीप दु’र्घटना हुँदा १३ जनाको मृ’त्यु भएको छ।दु”र्घटनामा परेर घा’इते भएका ११ जनालाई उपचार गर्न पोखरा लगिएको स्याङ्जा प्रहरी प्रवक्ता डिएसपी रवीन्द्र खनालले बताए। 

वालिङ नगरपालिका १४ को कोखे अखलाबासका मतदातालाई जीप चढाएर मतदान केन्द्र थुमपोखरा लैजाँदै गर्दा पञ्चमूलमा जीप दु’र्घटना भएको थियो।

अखलाबासको मतदाता मतदान केन्द्र पुग्न हिँडेर करिब डेढ घण्टा लाग्ने स्थानीयले बताएका छन्। मतदान केन्द्र टाढा भएकाले जीप चढेर उनीहरू मतदान केन्द्रतर्फ गएका थिए।

यो पनि :बझाङको जयपृथ्वी नगरपालिका वडा नं‍. ७ अन्तर्गतको मतदानस्थल सुनिपिपल चौर मावि मतदान केन्द्रमा झ’डप भएको छ ।सत्ता गठबन्धन र एमालेका कार्यकर्ताबीचको झ’डपका क्रममा केही मतपत्र च्यातिएको छ ।

झ’डप नि’यन्त्रणमा लिन प्रहरीले हवाई फायर पनि गरेको छ । झडप भएको ठाउँ नेकपा एमालेका केन्द्रिय सदस्य तथा बझाङ जिल्ला सहइन्चार्ज ऐन महरको मतदानस्थल पनि हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार