सरकारले डिजेल र पेट्रोलको मूल्य प्रतिलिटर १० रुपैयाँ बढायो

सरकारले डिजेल र पेट्रोलको मूल्य प्रतिलिटर १० रुपैयाँ बढाएको छ। नेपाल आयल निगम सञ्चालक समितिको बैठकले आज मध्यरातदेखि लागू हुनेगरी मूल्य वृद्धि गर्ने निर्णय गरेको हो।

चुनावलगत्तै सरकारले एकैपटक उच्च मूल्यवृद्धि गरेको हो। योसँगै पेट्रोलको मूल्य प्रतिलिटर १७० र डिजेलको मूल्य प्रतिलिटर १५४ रुपैयाँ पुगेको छ । खाना पकाउने एलपी ग्यास र हवाई इन्धनको मूल्य भने बढेको छै ।

मूल्य बढाएपछि पनि नेपाल आयल निगमलाई पेट्रोलमा प्रतिलिटर १४.३६ रुपैयाँ र डिजेलमा प्रतिलिटर ३१.४४ रुपैयाँ घाटा छ ।

यो पनि : काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन शाहले अग्रता बढाइरहेका छन्।पछिल्लो मतगणना अनुसार शाहले २२३८ मत प्राप्त गरेका छन्। उनलाई नेकपा एमालेका केशव स्थापितले पछ्याइरहेका छन्। स्थापितले १२१९ मत ल्याएर पछ्याइरहेका हुन्।

गठबन्धनको तर्फबाट कांग्रेसकी उम्मेदवार बनेकी सिर्जना सिंहले १०८१ मत  पाएकी छन्।अहिले काठमाडौंको वडा नम्बर १, २, ३, ४ र ३२ को मत गणना भइरहेको छ। पाँचै वटामा बालेनले अग्रता लिइरहेका छन्।

यो पनि : हुम्ला जिल्लाको ताजाँकोट गाउँपालिका –१ र रुकुम पश्चिमको सानीभेरी गाउँपालिका–१ मा माओवादी केन्द्रका उम्मेदवारहरू विजयी भएका छन् । ताजाँकोट–१ मा अध्यक्षसहित पुरै प्यानल विजयी भएको हो । रुकुम पश्चिमको सानीभेरी गाउँपालिका –१ का नेकपा माओवादी केन्द्रको प्यानल नै विजयी भएको छ ।

वडाध्यक्षमा नेकपा माओवादी केन्द्रका टेकबहादुर पुन विजयी भएका हुन् । उनले ५ सय ६१ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी नेपाली काँग्रेसका खले पुनले २ सय ८१ मत प्राप्त गरेको माओवादीका रुकुम जिल्ला प्रचार समितिका संयोजक धुव्रविक्रम बुढाथोकीले जानकारी दिए ।

यो पनि :स्याङ्जामा जिप दु’र्घटना हुदा १३ जनाको मृ’त्यु भएको छ, १२ जना घा’इते भएका छन् ।वालिङ नगरपालिका-४ पञ्चमूल अर्खलबासस्थित भित्री सडक खण्डमा सिख्रेबाट तिवारी पसलतर्फ जाँदै गरेको ग २ च ३०२६ नम्बरको जिप सडकबाट ५०० मिटर तल ख’सेको हो ।

दु’र्घटनामा मृ’त्यु भएका ११ जनाको सनाखत नभइसकेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालले जानकारी दिए ।

घा’इते ११ जनालाई उपचारका लागि पोराको गण्डकी मेडिकल कलेज पठाइएको छ । एक जनाको प्राथमिक स्वास्थ्य केन्द्र वालिङमा उपचार भइरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार