काठमाण्डाैमा बालेन शाह ६ हजार मतले अगाडि(भिडियो)

काठमाण्डाै – काठमाण्डाै महानगरपालिकाकाे मेयरमा स्वतन्त्र उम्मेदवार बालेन साहले फराकिलाे अग्रतालाई कायमै राख्नुभएकाे छ । ताजा अवस्थामा शाहले पाँच हजार नाै सय ९९ मतले अग्रता लिइरहनुभएकाे छ । 

अहिलेसम्म ३३ हजार दुई सय २२ मत गन्दा साहले १२ हजार आठ सय ७७ मतसहित अग्रता लिइरहनुभएकाे हाे । उहाँका प्रतिस्पर्धी नेकपा एमालेका केशव स्थापित ६ हजार आठ सय ७८ मतले पछि हुनुहुन्छ ।  मेयरमै गठबन्धनकाे तर्फबाट नेपाली कांग्रेसकी सिर्जना सिंहले ६ हजार एक सय एक मत प्राप्त गर्नुभएकाे छ ।

यस्तै उपमेयरमा नेकपा एमालेकी सुनिता डंगाेलले पनि फराकिलाे अग्रतालाई कायमै राख्नुभएकाे छ । डंगाेलले १२ हजार तीन सय १५ मतसहित अग्रता लिइरहनुभएकाे छ । उपमेयरमै गठबन्धनकाे तर्फबाट नेकपा एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले ३ हजार सात सय १५ मत प्राप्त गर्नुभएकाे छ । 

यो पनि : दाङको बबई गाउँपालिकामा नेपाली कांग्रेसले जितेको छ। अध्यक्ष तथा उपाध्यक्षमा नेपाली कांग्रेसका कुलबहादुर केसी र बम कुमारी खड्का विजयी हुनु भएको छ।

नेपाली कांग्रेसका कुलहादुर केसी ६ हजार ६ सय १५ मतका साथ विजयी हुनु भएको हो । उहाँको निकतम प्रतिद्वन्द्वी नेकपा एमालेका भुवनेश्वर पौडेलले ५ हजार ५ सय ३८ मत प्राप्त गर्नु भएको छ। त्यस्तै नेकपा माओवादीका भिम बहादुर वलीले २ हजार १८ मत प्राप्त गर्नु भएको छ।

उपाध्यक्षमा नेपाली कांग्रेसका बमकुमारी खड्काले ६ हजार ४ सय मतका साथ विजयी हुनु भएको छ। उहाँका  प्रतिस्पर्धी नेकपा एमालेका सावित्रा विश्वकर्माले ५ हजार ४ सय १४ मत प्राप्त गर्नु भएको छ । त्यस्तै नेकपामाओवादी केन्द्रका अन्जु घर्तीले २ हजार २ सय ५६ मत प्राप्त गर्नु भएको छ ।

बबई गाउपालिकामा ७ वटा वडा मध्य ४ वटा वडामा नेपाली कांग्रेसले जितेको छ भने ३ वटा वडा एमालेले जितेको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार