काठमाण्डौ महानगरमा बालेन शाहलाई ७ हजार ११४ मतको अग्रता

काठमाण्डौ – काठमाण्डौ महानगरपालिकामा मेयरका स्वतन्त्र उम्मेदवार बालेन शाह नेकपा एमालेका उम्मेदवार केशव स्थापितभन्दा ७ हजार ११४ मतले अगाडि रहनुभएको छ ।
पछिल्लो मत परिणाम अनुसार ३९ हजार ५०९ मत गन्दा शाहले १५ हजार ४०२ मत पाउनु भएको छ ।

यस्तै स्थापितले ८ हजार २८८ र नेपाली कांग्रेसकी सिर्जना सिंहले ७ हजार २९० सय मत प्राप्त गर्नु भएको छ  ।यस्तै, उपमेयरमा नेकपा एमालेकी सुनिता डङ्गोलले अग्रता बढाउँदै लैजानु भएको छ । उहाँले १२ हजार १५७ मत प्राप्त गर्नुभएको छ । 

यस्तै: रोल्पाको त्रिवेणी गाउँपालिकामा नेकपा एमालेका कर्णबहादुर बाँठा मगर विजयी भएका छन्।उनले ५०८५ मत प्राप्त गर्दै जित हात पारेका हुन्।

उनको निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका रेशम पुनले ४४६३ मत प्राप्त गरे।त्यस्तै उपमेयरमा नेपाली कांग्रेसका लेखमणी डाँगी विजयी भएका छन्। उनले ३६४४ मत प्राप्त गरे।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार