एमाले अध्यक्ष ओली अस्वस्थ

दाँतमा समस्या देखिएपछि ओली मंगलबार अस्पताल गएका थिए।

अस्वस्थताकै कारण मंगलबार बिहान मदन भण्डरी र जीवराज आश्रितको स्मृति दिवसमा आयोजित कार्यक्रममा ओली सहभागी भएका थिएनन्। दिउँसो उनी संसद बैठकमा पनि अनुपस्थित थिए।

ओलीलाई चुनावअघि नै दाँतको उपचार गर्न चिकित्सकले सुझाव दिएका थिए। ओलीले व्यस्तताको कारण उपचार गरेका थिएनन्। बुधबार उनको स्वास्थ्यमा सुधार आएको ओलीनिकट स्रोतले बतायो।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार