सुनिता डंगोलले यी इञ्जिनियरसँग विबाह गर्दै !

काठमाडौं ।

काठमाडौं महानगरपालिकाको मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन साहले आफ्नो मतान्तर बढाएर नेपाली काँग्रेस र नेकपा एमालेलाई उछिनिरहेका बेला उपमेयरकी उम्मेदवार सुनिता डंगोल पनि चर्चामा छिन् ।

उपमेयरमा राम्रो लिड गरिरहेकी सुनिता डंगोल थप चर्चामा आउनुको कारण हो उनको विबाह ।

पारिवारिका स्रोतका अनुसार काठमाडौंको रैथाने नेवार समुदायकी हँसिली सुनिताले वीरगञ्ज पुख्र्यौली घर भएका एक जना नेवार समुदायका साउण्ड इञ्जिनियरसँग विबाहको तयारी गरेकी छिन् ।

स्रोतका अनुसार ३र४ वर्षदेखि उनै इञ्जिनियरसँग ‘इन्गेज्ड’ थिइन्। सिनेमा र फोटोग्राफीमा रुचि राख्ने सशांक श्रेष्ठले भर्खर स्नातकोत्तर सकाएका छन्। आगामी मंसिरमा विवाह गर्ने गरी सुनिता र सशांकका परिवारले सबै तयारी अघि बढाएको स्रोत बताउँछ ।

पहिले स्वतन्त्र उम्मेदवारको रुपमा मेयरमा उठ्ने घोषणा गरेकी डंगोललाई एमाले अध्यक्ष केपी शर्मा ओलीले एकाएक सूर्य चिह्नबाट उपमेयरमा लडाउने निर्णय सुनाएपछि उनको बेग्लै लहर छ । नेपाली, अंग्रेजी र नेपाल भाषामा राम्रो दख्खल भएकी उनले केही वर्ष महानगरपालिकाकै सहायक विज्ञ भएर काम गरेकी थिइन् ।

एक दशकअघि मीस नेवाः पनि बनिन् । अन्ततःउनी जितको नजिक पुगेकी छिन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार