बिष्णु खत्रीको लय शब्दमा सुप्रिम मल्ल र पुजा देवकोटा को आवाजमा “परान बाँकी छ” (भिडियो सहित)

काठमाण्डौ । सँधै चर्चामै रहने बाग्लुङका सर्जक तथा गायक विष्णु खत्रीको नयाँ गीत “परान बाँकी छ” ले दर्शकको राम्रो माया पाउन सफल भएको छ । 

नेपालका जिल्लाहरूको नामबाट संयोजन गरिएको सो गीतले माया प्रेमलाई समेत उठाएको छ । उनको सो गीत सार्वजनिक भएको छाटो समयमै उत्कृष्टको सूचीमा पर्न सफल भएको छ भने एक लाख भन्दा धेरै दर्शकले गीत हेरिसकेका छन । 

पछिल्लो समयका चर्चित बाल गायक सुप्रिम मल्ल ठकुरी र पुजा देवकोटाको आवाज रहेको गीतमा विष्णु खत्रीले नै लय तथा शब्द सिर्जना गरेका छन । गीतको म्युजिक भिडियो सामान्य बनाइएको छ जसको निर्देशन खत्री आफैले गरेका छन । गीतको सबै पक्ष निकै उत्कृष्ठ बनेको छ। भिडियो हेर्नुहोस्


यो पनि : रोल्पाको सिमलबाङमा आज मङ्गलवार दिउँसो अटोरिक्सा दु’र्घटना हुँदा एक जनाको ज्या’न गएको छ भने तीन जना घा’इते भएका छन् ।

लिबाङबाट माडीचौर जाँदै गरेको रा १ ह ४३४७ नम्बरको अटो रोल्पा नगरपालिका २ सिमलबाङमा दुर्घ’टना भएकाे हाे । दु’र्घटना अटाे चालक रोल्पा २ थलिबाङका २९ वर्षीय महेश कवरको ज्या’न गएकाे हाे ।

यस्तै अटोमा चढेका रोल्पा ७ माडिचौरका ५३ वर्षीय दलबहादुर पुन, ५२ वर्षीय जानसिंह पुन र ४७ वर्षीय सहवीर खत्री घाइ’ते भएका जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ ।घा’इतेहरूको रोल्पा अस्पताल रेउघामा उपचार भइरहेको छ । अटो अ’नियन्त्रित भइ सडकबाट त’ल ख’सेको प्रहरीले जनाएकाे छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार