अन्तत बालेन शाह काठमाडौंको बने मेयर, काठमाडौंलाई विश्वकै नमूना सहर बनाउने घोषणा (भिडियो)

काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा निर्वाचित भएकोऔपचारिक घोषणासँगै बालेन्द्र साह (बाेलेन) को विजय उत्सव सुरु भएको छ । सभागृहमा मेयर निर्वाचित भएको घोषणासँगै समर्थकले बालेनको साथमा विजय जुलुस निकालेका छन् । उनीहरूले यसलाई विजय उत्सव नभई धन्यवाद र्‍याली भनेका छन् ।

‘आजबाट हामीले एउटा सुरूआतको रूपमा लिएका छौं। निर्वाचनको परिणाम जुन आएको छ। यसलाई हाम्रो विजय भन्दा पनि हाम्रो कार्यको सुरूआत हुनेछ’, उनले भने, ‘अबको ५ वर्षमा आफ्नो भिजन र एजेन्डाहरूलाई पूर्ण रूपमा कार्यसम्पन्न गर्ने हाम्रो धारणा रहेको छ।’ हेर्नुस –

यो पनि : ३० वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा देशभरमा १३ पालिकाको प्रमुखसहित ३ सय ८५ जना स्वतन्त्र उम्मेदवार निर्वाचित भएका छन् । स्थानीय तह निर्वाचनमा राजनीतिक दलबाट टिकट नपाएर बागी उठेका देखि समाजमा आन्दोलनको नेतृत्व गरिरहेका भुइँमान्छेसम्मले स्वतन्त्र रूपमा उम्मेदवारी दिएर जित हात पारेका हुन् ।

निर्वाचन आयोगको विवरणअनुसार देशभरका ७ सय ५३ पालिकामध्ये १३ पालिकामा स्वतन्त्र उम्मेदवारले पालिकाको प्रमुख÷अध्यक्ष पदमा नेतृत्व हात पारेका छन् । यस्तै, चार जना स्वतन्त्र उम्मेदवार पालिकाका उपप्रमुख÷उपाध्यक्ष पदमा निर्वाचित भएका छन् । यसैगरी, देशभरका ६ हजार ७ सय ४३ वडामध्ये १ सय ३७ वडाको वडा अध्यक्ष पदमा स्वतन्त्र उम्मेदवार निर्वाचित बनेका छन् भने देशभरमा गरी ५७ जना महिला वडा सदस्य पदमा स्वतन्त्र रूपमा निर्वाचित भएका छन् ।

यस्तै, दलित महिला वडा सदस्यतर्फ देशभरमा गरी ५५ जना स्वतन्त्र उम्मेदवारले जित निकाल्दा खुला वडा सदस्यमा देशभरमा १ सय १९ जना स्वतन्त्र उम्मेदवार निर्वाचित भएका छन् । देशको राजधानी काठमाडौं महानगरपालिकाको प्रमुखमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह निर्वाचित भए ।

– देशभर १३ पालिका प्रमुख स्वतन्त्र

– भुइँ मान्छेदेखि बागीसम्म ३ सय ८५ स्वतन्त्र उम्मेदवार विजयी

उनले नेपाली कांग्रेसका तर्फबाट काठमाडौं महानगरको प्रमुखको उम्मेदवार बनेकी सिर्जना सिंहलाई पराजित गरेका हुन् । सिंह गणेशमान सिंहकी बुहारी तथा कांग्रेस नेता प्रकाशमान सिंह पत्नी हुन् । साहले काठमाडौं महानगरको प्रमुखमा एमालेबाट उम्मेदवार बनेका काठमाडौं महानगरका पूर्वमेयर केशव स्थापितलाई तेस्रो स्थानमा रोकिदिए ।

यसैगरी, धरान उपमहानगरपालिकाको प्रमुख पदमा स्वतन्त्र उम्मेदवार हर्क साम्पाङ निर्वाचित भए । उनले कांग्रेसबाट उम्मेदवार बनेका किशोर राईलाई पराजित गरेका हुन् । यस्तै, जनकपुर उपमहानगरमा स्वतन्त्र उम्मेदवार मनोजकुमार साह निर्वाचित भए । उनले एमालेका उम्मेदवार शिवशंकर साहलाई पराजित गरेका हुन् ।

यसैगरी, धनगढी उपमहानगरको प्रमुखमा स्वतन्त्र उम्मेदवार बनेका गोपाल हमालले कांग्रेसबाट उम्मेदवार बनेका नृपबहादुर वडलाई पराजित गरे । यस्तै, महोत्तरीको बर्दिबास नगरपालिका प्रमुखमा स्वतन्त्र उम्मेदवार प्रहलादकुमार क्षत्री निर्वाचित भए । यसैगरी, जुम्लाको चन्दननाथ नगरपालिकाको प्रमुखमा स्वतन्त्र उम्मेदवार राजुसिंह कठायत निर्वाचित भए

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार