शुस्मा कार्कीको आक्रोश: लेखिन् मेरो समाचार बनाउने ‘भिखारी’

नायिका सुस्मा कार्कीले आफ्नो तस्बिरका बारेमा समाचार बनाउनेहरुलाई भिखारी शब्द प्रयोग गरेकी छन् । सोमबार आफ्नो फेसबुकबाट सार्वजनिक गरेका बोल्ड तस्बिरका बारेमा समाचार बनेपछि उनले आक्रोश ब्यक्त गरेकी हुन् ।

स्विमिङ्ग पुलको तस्बिर सार्वजनिक गर्ने बित्तिकै विभिन्न गसिप बन्न थालेपछि उनलाई रिस उठेको अनुमान गर्न सकिन्छ । त्यसैले त उनले सोमवार अबेर राती फेसवुकमा आक्रोश ब्यक्त गर्दै स्टाटस लेखेकी छन् ।

मध्यरातमा उनले फेसबुकमा आक्रोशपुर्ण स्टाटस पोस्ट गरेकी छन् । सोमबार राती उनले ११ बजेतिर आफ्नो फेसबुक स्टाटसमा लेखेकी छिन्, ‘अब स्विमिङ पुलमा कुर्था लगाएर स्विमिङ गर्नु पर्ला । काम नपाएकाहरु पैसा कमाउनको लागि अरुको फेसबुकबाट फोटो तान्दै समाचार बनाउछन् । भिकारीहरु अर्काको फोटो प्रयोग गरेर पैसा कमाऊ ।’

तर पैसा कमाउन फोटो तानेर समाचार बनाउँछन् भन्ने उनको अभिब्यक्तिको पनि अहिले विरोध भइरहेको छ । अझ भिकारी भनी उनले गरेको सम्बोधनले उनको वैचारिक स्तर झल्काउने भन्दै धेरैको टिप्पणी छ ।

केही दिन अगाडी मात्रै आफ्नो फोटोलाई नकारात्मक टिप्पणी गर्नेलाई अर्की नायिका साम्राज्ञी शाहले कुकुरका संज्ञा दिएकी थिइन् । बालिमा आफ्ना प्रेमीसंग रहेकी साम्राज्ञीले अन्तरंग तस्बिर सार्वजनिक गरेपछि आलोचित भएकी थिइन् । सामाजिक सञ्जालमा आलोचना भएपछि साम्राज्ञीले ति तस्बिर इन्टाग्रामवाट हटाएकी छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार