बेहुली लिन साइकल चढेर गएपछि सबैजना छक्क परे

तनहुँको व्यास नगरपालिका वडा नं. १० वैरेनीमा दुलही लिन बेहुलाको साइकलको सवारी गरेको देखेर सबै चकित परेको छ । वैरेनीका २६ वर्षीय विनोद सापकोटा दुलही लिन साइकलमा निस्किदा सबै चकित परेका हुन् । पछिल्लो समय तडकभडक तरिकाले विवाह गर्ने प्रचलन बढ्दै गरेको छ । विवाहमा बरियाँत जाँदा कसैले बग्गी, सजावट सहित मंहगा गाडी लिएर जाने गर्दछन् । वैरेनीबाट ६ कि.मी दुरीमा रहेको दमौलीमा बेहुलीको घर छ ।

सिंगार पटार गरेको बेहुलोलाई साइकलमा देखेपछि बाटोमा रमिता हेर्नेहरु पनि टन्नै देखिए, केहीले त रोकेर सेल्फी पनि खिचे । बेहुलाको साथमा अरु ६ जना पनि साइकलमै थिए । अरु जन्ती बसमा । बेहुली लिन बेहुलो साइकलमा आएको देखेर माइती पक्ष दुलहीका अभिभावक दंग परे । बेहुलीका बा आमा एकछिन आश्चर्यमा परे पनि आफनो ज्वाइँको मितव्ययिता र सरलता देखेर खुसी भए । दुलहीका बुबा पूर्णबहादुर भुजेलले भने, ‘हेर्दा अनौठो मात्र हो, तर यस्तो कुराले धेरै सन्देश दिन्छ ।

हामीले त ताली बजाएर स्वागत गर्‍यौं, सबैले केही सिक्न जरुरी छ । सापकोटाले यसअघि ईलामदेखि मुगुको रारासम्म साइकलमै यात्रा गरेका थिए । नेपाल साइकल उत्सवको समयमा त्यो यात्रा गरेका उनी आफूलाई साइकल प्रेमी भन्छन् । म साइकल प्रेमी हुँ, स्वास्थ्यलाई पनि राम्रो हुने ईन्धनको खर्च नहुने । सधैं साइकल चढ्ने मलाई बेहुला बन्दा पनि साइकलनै चढ्न मन लाग्यो । जसले अरुलाई केही न केही सन्देश दिन सकियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार