कास्कीपछि गोरखामा भूकम्प

गोरखामा पनि भूकम्प गएको छ। आज बिहान ७:२२ बजे गोरखाको आरूघाट गाउँपालिकास्थित थुमी आसपास केन्द्र रहेर भूकम्प गएको हो।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार गोरखामा ४.१ म्याग्निच्युडको भूकम्प गएको हो।आजै बिहान कास्कीमा पनि भूकम्प गएको थियो।

यो पनि : डडेल्धुराको परशुराम नगरपालिका-११ मा बाढीले बगाउँदा एक पाँच वर्षीय बालकको ज्यान गएको छ । परशुराम-११ कटौजा निवासी केशव बोहराका पाँच वर्षीय छोरा निराजनलाई स्थानीय स्थानीय खोलाले बगाएको हो ।

मंगलबार दिउँसो पशुपतिनाथ आधारभूत विद्यालय ज्यामिरखालीबाट घर जाने क्रममा बालकलाई पातलीस्थित ठूलो खोलाले बगाउँदा उनको मृत्यु भएको विद्यालयका प्रधानाध्यापक हरिदत्त जोशीले जानकारी दिए ।

कक्षा १ का विद्यार्थी निराजनलाई सोही विद्यालयमा अध्ययनरत ठूला विद्यार्थीको सहयतामा खोला तर्ने क्रममा खोलाले बताएको हो । बालकको शव घटनास्थलबाट केही तल फेला परेको छ । खोलाले बगाउँदा सोही ठाउँका १५ वर्षीय रेशम साउद र १४ वर्षीय गोपाल साउद घाइते भएका छन् ।

रेशमले बालकलाई काँधमा बोकेर खोला तार्ने क्रममा उनीहरु दुबै बगेका प्रत्यक्षदर्शीहरुले बताएका छन्। रेशमको अवस्था गम्भीर रहेको प्रअ जोशीले जानकारी दिए।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार