रामेछाप – रामेछापमा बस दु’र्घटना हुँदा ९ जनाकाे ज्या’न गएकाे छ । २४ जना घा’इते भएका छन् ।रामेछापकाे सुनापथी गाउँपालिकाकाे हिलेदेवीबाट काठमाण्डाैकाे लागि छुटेकाे बा ३ ख ८३९६ नम्बरकाे बस खाँडादेवि गाउँपालिका-१ काे लुभुघाटमा दु’र्घटनामा परेकाे हाे ।
ज्या’न गु’माउनेमा पाँच जना पुरुष र चार जना महिला रहेका रामेछापका प्रहरी नायब उपरीक्षक राजकुमार तामाङले जानकारी दिनुभयाे । तामाङका अनुसार दुर्घटनामा घाइते भएका २४ जनालाई उपचारका लागि धुलिखेल अस्पताल पठाइएको छ। केही घाइतेहरुकाे हेलिकप्टरमार्फत उद्धार गरिएकाे तामाङले बताउनुभयाे ।
अहिले श’व सङ्कलन र उद्धारकाे कार्य भइरहेकाे उहाँले बताउनुभयाे ।
यो पनि : सिन्धुपाल्चोक । सुकुटे घुम्न गएकी एक युवती ब।ला’त्कृत भएकी छन् । असार १८ गते सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका(९ सुकुटेस्थित सुकुटे बिचएड्भेन्चर क्याम्प रिसोर्टमा टेण्टमा सुतेकी महिला ब’ला’त्कृत भएकी हुन् । उनीमाथि ब’लात् कार गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका १४ कलंकी बस्ने वर्ष १८ का प्रिन्स थपलिया, सोही स्थानका रुस कार्की र २६ वर्षीय सुलभ क्षेत्री रहेको प्रहरीले जनाएको छ ।
उनीहरू २६ की महिलालाई जब’रजस्ती क’रणी गरी फरार भएका थिए । छुट्टै टोलीमा सुकुटे आएकी युवती आराम गर्न दिउँसो टेन्टमा सुतिरहेको अवस्थामा क्षेत्रीले ब’लात्’कार गरेको, थपलिया र कार्कीले भने मतियारको रूपमा साथ दिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय , सिन्धुपाल्चोकका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले बताए ।
आरोपीहरू भने एकै टोलीको रूपमा सुकुटे आएका थिए । जबरजस्ती करणी गरी फरार भएको भन्ने जाहेरीको आधारमा प्रतिवादीहरूलाई खोजतलास गर्ने क्रममा काठमाडौं कलंकीबाट आइतबार प्रहरीले नियन्त्रणमा लिएको हो ।
सोमबार सिन्धुपाल्चोक जिल्ला अदालतबाट सात दिनको म्याद अनुमति लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक दक्ष कुमार बस्नेतले बताए ।