सिंगापुरमा नेपाली क्रिकेट खेलाडीको अपमान, घाँटीमा लगाइसकेको मेडल समेत फिर्ता लगियो

काठमाडौं, १२ साउन । सिंगापुरमा नेपाली क्रिकेट खेलाडीले दोहोरो पीडा भोग्नु परेको छ । विश्वकपको ट्रफि उचाल्ने सपना तुहिएको एउटा पीडा त छँदै थियो त्यस माथि अर्को अपमानित समेत हुनुपरेको छ । टी–२० विश्वकप प्रतियोगिताको एसिया छनोट अन्तर्गत उपविजेताको मेडल नेपाली क्रिकेट खेलाडीले घाँटीमा लगाइसकेपछि फिर्ता गर्नु परेको छ ।

आइतबार सिंगापुरमा सुरुमा नेपाललाई उपविजेता घोषणा गर्दै सबै खेलाडीको घाँटीमा मेडल लगाइदियो । सबै खेलाडी पालैपालो गएर मेडल थापे । मेडल लगाउन सुरुमा खेलाडी अविनाश वोहोरा गए । त्ससपछि कप्तान पारस खड्का मेडल लगाउन अगाडी गए । त्यसपछि विजेता सिंगापुरका खेलाडीलाई मेडल लगाइयो । उनीहरुले ट्रफि पनि उचाले ।

तर जव नेपाललाई उपविजेताको ट्रफि दिनेबेला आयो त्यसबेला खेलाडीले लगाइएको मेडल पनि फिर्ता गर्नु पर्यो । मेडल लगाइदिएको भए पनि पछि रन रेटका आधारमा नेपालभन्दा कतार अगाडि रहेको भन्दै लगाइसकेको मेडल पनि खोसिएको हो । कतार र नेपालको समान अँक ४ भए पनि रन रेटका आधारमा कतारलाई उपविजेता घोषणा गर्दै नेपाललाई तेस्रो घोषणा गरीयो । त्यसपछि खेलाडीले लगाएको मेडल पनि फिर्ता गर्नु परेको हो । नेपाली खेलाडीको मेडल टिम म्यानेजर रमन शिवाकोटीले एकमुष्ट रुपमा आयोजकलाई फिर्ता दिएका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार