सामाजिक सञ्जालमा भाइरल ‘पिछे देखो पिछे देखो’ , भन्ने बालकलाई विज्ञापन देखि टेलिभिजन शोको अफर ,सानैमा करोडौँ कमाउदै

काठमाडौँ । अहिले सामाजिक सञ्जालमा ‘पिछे देखो पिछे देखो’ भन्ने एक मोटो बालक भाइरल भएका छन् । भिडियोमा उनलाई विभिन्न प्रश्न गर्दा प्रश्न गर्ने मानिसलाई नै निकै चलाखीपूर्ण ढङगले पिछे देखो पिछे भनेका छन् । उनी गफ गर्न र बहाना बनाउन निकै सिपालु छन् । अहिले यो बालको भिडियो सामाजिक सञ्जालमा मात्र नभएर टिकटक देखि युट्बसम्म देख्न सकिन्छ ।

उनी पाकिस्तानका ४ वर्षीय बालक अहमद शाह हुन् । अहिले उनी विज्ञापन देखि टेलिभिजनका शो मा निकै ब्यस्त छन् । उनी यही कारण धेरै देशहरुसँग पनि जोडिएका छन् । हालै उनलाई एक तेल कम्पनीको विज्ञापनमा देखिएको छ ।यसअघि उनले फ्रूट ड्रिंकको विज्ञापनमा पनि काम गरिसकेका छन् । उनीसँग अहिले यस्ता कामका अफरहरु धेरै आएका छन् । अहमद अहिले स्टार बनिसकेकाले उनलाई एउटा टेलिभिजन शो मा बोलाउन लाखौ करोडौँ तिर्न तयार हुन्छन् । हेरौ भाइरल भिडियो

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार