काठमाडौंको फोहोर बोकेर बञ्चरेडाँडा पुगेको १४ टिपर स्थानीयबाट तोडफोड

काठमाडौं २४ साउन । काठमाडौंबाट फोहोर बोकर बञ्चरेडाँडा पुगेको १४ वटा टिपर र सडक निर्माणमा प्रयोग गरिएका ३ वटा डोजर स्थानीयबासीले तोडफोड गरेका छन् ।
आफ्नो मागलाई वेवस्ता गरेको भन्दै स्थानीयले आक्रोशित बनेका हुन् ।

मानवबस्तीलाई फोहोरमैलाबाट अलग गर्ने सहमति कार्यान्वयन नगरिएको र आफ्नो आन्दोलनलाई हस्तक्षेप गरेको भन्दै महानगरको फोहोर बोकेको १४ वटा टिपर र सडक निर्माणमा प्रयोग गरिएका ३ वटा डोजरमा तोडफोड गरेका हुन् ।यस अघि नै आफ्नो माग पुरा नभएर भदौ १ गतेबाट फोहोर फ्ल्यान नदिने मितिका संयोजक श्रीराम ढुंगानाले बताएका थिए ।

महानगर सिसडोल-बञ्चरेडाँडा वासीसँग १८ बुँदे सम्झौता भएपछि केही समय फोहोर खन्याउन दिएपनि पुनस् स्थानीयले अवरोध गर्न थालेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार