अब चन्द्रमासम्मै यसरि जानेछ जापानको बुलेट ट्रेन, हेर्नुस चकित पार्ने भिडियो

काठमाडौँ | जापानले एक निकै महत्वपूर्ण तथा ठूलो योजनामा काम गरिरहेको छ । जापानले पृथ्वीबाट एक बुलेट रेल चलाउनेछ जसले मानिसहरुलाई चन्द्रमासम्म पूराउनेछ ।

यो रेल पहिले चन्द्रमासम्म पुग्नेछ । यसमा सफलता हासिल गरेपश्चात् उक्त रेललाई मंगल ग्रहसम्मै पूराइनेछ । यसका अलावा मंगल ग्रहमा सिसाको आवास बनाउने योजना पनि जापानको रहेको छ । अर्थात् मानिसहरु एक कृत्रिम अन्तरीक्ष आवासमा रहनेछन् जसको वातावरण पृथ्वीजस्तै तयार गरिनेछ ।

कृत्रिम अन्तरीक्ष आवास (आर्टिफिसियल स्पेस ह्याबिटाट) मा गुरुत्वाकर्षण बल तथा वायुमण्डलको संरचनामा विशेष ध्यान दिइनेछ ता कि त्यसले मानिसको मांसपेशी तथा हड्डी कमजोर नहोउन् । हेर्नुस –

साउनको चौथो सोमबार आज सूर्यविनायक नगरपालिका–८ सिपाडोलको प्रसिद्ध मन्दिर डोलेश्वर महादेव मन्दिरमा दर्शन गरेर फर्किएका यात्रु र स्थानीयवासी सवार यात्रुबाहक बस दुर्घटना हुँदा १४ जना घाइते भएका छन् ।

डोलेश्वरबाट यात्रु बोकेर भक्तपुरतर्फ आउँदै गरेको बा३ख ३७८४ नम्बरको यात्रुबाहक बस आज वडा कार्यालय नजिकै सडकमै पल्टिँदा १४ यात्रु घाइते भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिए। डोलेश्वरबाट वडा कार्यालयतर्फ आउने क्रममा ओरालोमा बस आफैँ अनियन्त्रित भएर सडकमै पल्टिएको जानकारी दिँदै उनले बसले एक ट्याक्सीलाई समेत ठक्कर दिँदा सामान्य क्षति भएको बताए।

बस पल्टिएपछि स्थानीय बासिन्दाले उद्धार गरी अस्पताल पठाएको वडाध्यक्ष पुष्पराज बस्नेतले जानकारी दिए। साँझ ६ बजे घाइतेको अवस्था बुझ्न डा इवामुरा मेमोरियल अस्पताल पुग्नुभएका वडाध्यक्ष बस्नेतले घाइते १४ जनामध्ये एक जनाको काठमाडौँ मेडिकल कलेज सिनामङ्गलमा र चार जनाको इवामुरा अस्पतालमा उपचार भइरहेको जानकारी दिए।

उनले घाइतेमध्ये इवामुरा अस्पतालबाट पाँच जना र मध्यपुर अस्पतालबाट चार जनाको उपचारपछि घर पठाइएको जानकारी दिए। उनका अनुसार उपचाररत घाइतेको अवस्था गम्भीर भने नरहेको चिकित्सकले जानकारी दिएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार