घाँस काट्न हिँडेका धनबहादुरको त्यहिनै अन्तिम दिन बन्यो

हुम्लाको दक्षिणी भेगमा रहेको अदानचुली गाउँपालिकामा भिरबाट लडेर एक पुरुषको मृ’त्यु भएको छ । अदानचुली–१ का ६३ वर्षीय धनबहादुर थापाको भि’रबाट ख’सेर मृ’त्यु भएको हो ।

सोमबार बिहानै घाँस का’ट्न हिँडेका थापा साँझसम्म पनि नफर्केपछि खोजी गर्दा अदानचुली गाउँपालिका–१ को सिरुपाटामा मृ’त फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । गोठालाले खोजी गरेपछि उनी मृ’त भेटिएका थिए ।

यो पनि / श्रीमतीले अचानो प्रहार गर्दा भरतपुरमा ५६ वर्षीय टीकाराम विकको मृ’त्यु भएको छ। घरायसी विवादमा भरतपुर महानगरपालिका-२१ बस्ने ५४ वर्षीय बिनमाया विकले श्रीमान टीकारामलाई अचानोले हानेकी थिइन्। 

टाउकोमा गम्भीर चोट लागेर अत्याधिक रक्तस्रावका कारण टीकारामको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डीएसपी नरहरि अधिकारीले बताए। भित्रबाट चुकुल लगाइएको कोठामा खुट्टाले भुँइमा टेकेर टाउको र जीउको भाग खाटमा घोप्टो परेर मृत्यु भएको अवस्थामा प्रहरीले फेला पारेको हो। 

बिनमायालाई प्रहरीले नियन्त्रणमा लिएको छ। पोष्टमार्टमको लागि टीकारामको शव भरतपुर सरकारी अस्पतालमा राखिएको छ। थप  अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार