८० घरटहरामा बाढी पस्यो : मानिसको उद्धार, केही पशुचौपाया भने बगायो

भक्तपुर – भक्तपुरको मनोहरा खोला वरपरका सुकुम्वासी बस्तीमा बाढी पसेको छ । टहरामा भएका घरायसी सामग्री बाढीले बगाएको छ ।

प्रहरीका अनुसार चाँगुनारायण नगरपालिका वडा नम्बर १ दुवाकोट बेसीका २० वटा घर टहरामा पानी पसेको छ । त्यहाँका नागरिकलाई सुरक्षित ठाउँमा उद्धार गरिएको छ ।यस्तै, मध्यपुर थिमि नगरपालिका वडा नम्बर १ मा माटोको ढिस्को खोलामा खस्दा खोलाको धार परिवर्तन भइ ६० वटा घर टहरामा पानी पसेको छ ।

यस्तै, मनोहरा खोला नजिक रहेका केही बङ्गुर तथा कुखुरा फार्ममा बाढीको असर परेको छ । जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक डीएसपी राजु पाण्डेका अनुसार चाँगुनारायण नगरपालिका-४ मा रहेको हरि राईको बङ्गुर फार्मबाट चार वटा बङ्गुर बगाएको छ ।

मध्यपुर थिमि-२ मा रहेको अम्मर लामाको फार्ममा रहेका पशुपक्षीलाई भने सुरक्षित ठाउँमा सारिएको छ । गएराति ठूलो वर्षासँगै आएको बाढी सुकुम्वासी बस्तीमा पसेको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार