सम्झनामा श्री : सारा नेपालीलाई रुवाएर विदा भएको आठ बर्ष पुरा

नेपाली फिल्म उद्योगमा उँचो छवि बनाएका कलाकार थिए– श्रीकृष्ण श्रेष्ठ। उनले आफ्नो जीवनकालमा थुप्रै हिट फिल्म दिए। उनको २०७१ साउमा निधन भयो। उनको निधन साउन २५ मा ८ वर्ष पूरा भएको छ।

श्रेष्ठको दिल्लीको गंगाराम अस्पतालमा उपचारका क्रममा निधन भएको थियो। ४५ वर्षका श्रेष्ठले बोन क्यान्सरका कारण मृत्युवरण गर्नुपर्यो। उनको मृत्यु ताका उनले नै निर्माण गरेको फिल्म ‘कोहिनुर’ प्रदर्शन भएको थियो।

श्रेष्ठको निधनको ८ वर्ष बितिसक्दा पनि उद्योगका मानिसले उनलाई उसैगरी सम्झना गर्ने गरेका छन्। फिल्म उद्योगमा मिलनसार अभिनेताका रुपमा चिनिने श्रेष्ठले थुप्रै पारिवारिक फिल्ममा अभिनय गरेका छन्।

उनले अभिनय गरेका अधिकांश फिल्मले ५१ दिन मनाउँथे। कति फिल्म सय दिनसम्म चलेका रेकर्ड उद्योगमा छन्।उनले अभिनय गरेका ‘आफन्त, आफ्नो मान्छे, ए मेरो हजुर, हामी तीन भाइ, कहाँ भेटिएला, सुख–दुःख’लगायतका थुप्रै फिल्म बक्स अफिसमा हिट भएका थिए।

यो पनि / भक्तपुरको मनोहरा खोला वरपरका सुकुम्वासी बस्तीमा बाढी पसेको छ । टहरामा भएका घरायसी सामग्री बाढीले बगाएको छ ।

प्रहरीका अनुसार चाँगुनारायण नगरपालिका वडा नम्बर १ दुवाकोट बेसीका २० वटा घर टहरामा पानी पसेको छ । त्यहाँका नागरिकलाई सुरक्षित ठाउँमा उद्धार गरिएको छ ।यस्तै, मध्यपुर थिमि नगरपालिका वडा नम्बर १ मा माटोको ढिस्को खोलामा खस्दा खोलाको धार परिवर्तन भइ ६० वटा घर टहरामा पानी पसेको छ ।

यस्तै, मनोहरा खोला नजिक रहेका केही बङ्गुर तथा कुखुरा फार्ममा बाढीको असर परेको छ । जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक डीएसपी राजु पाण्डेका अनुसार चाँगुनारायण नगरपालिका-४ मा रहेको हरि राईको बङ्गुर फार्मबाट चार वटा बङ्गुर बगाएको छ ।

मध्यपुर थिमि-२ मा रहेको अम्मर लामाको फार्ममा रहेका पशुपक्षीलाई भने सुरक्षित ठाउँमा सारिएको छ । गएराति ठूलो वर्षासँगै आएको बाढी सुकुम्वासी बस्तीमा पसेको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार