चितवनमा काल बनेर आएको तिब्र गतिको ट्रकले २५ वर्षीय युवकलाई ठक्कर दियो

चितवन, २६ साउन:भरतपुर महानगरपालिका – २९ जुगेडीमा गएराती ट्रकको ठक्करबाट एक युवकको मृत्यु भएको छ।

ट्रकको ठक्करावाट अन्दाजी २५ वर्षीय युवकको मृत्यु भएपनि मृतकको भने सनाखत हुन अझै बाँकी रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

भरतपुरबाट मुग्लिङतर्फ आउँदै गरेको ग १ ख ९९५५ नम्बरको ट्रकले गएराति सवा ८ बजे पैदल हिडिरहेका ती युवकलाई ठक्कर दिएको थियो। ठक्कर दिएलगत्तै घटनास्थलमा युवकको ज्यान गएको थियो । ट्रक सहित चालकलाई जिल्ला प्रहरी कार्यालय चितवनले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।


यो पनि / बझाङ / बझाङमा एकै परिवारका ३ जना मृत भेटिएका छन् ।जिल्लाको बुंगल नगरपालिका–९ रारुमा आमा, छोरा र छोरी झुन्डिएको अवस्थामा भेटिएका हुन् । मंगलबार राती भागेका उनीहरु बुधबार बिहान घर नजिकैको मकै बारीमा रुखमा झु्ण्डिएको अवस्थामा मृत भेटिएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा २२ वर्षीया गीता पार्की, उनकी पाँच वर्षीया छोरी र तीन वर्षीय छोरा रहेको प्रहरी निरीक्षक रमेश अवस्थीले जानकारी दिए ।मंगलबार गीताका श्रीमान् पुष्कर पार्की भारतबाट घर फर्किएको प्रहरीको भनाइ छ । घटनाको अनुसन्धानका लागि सदरमुकाम चैनपुरबाट प्रहरीको टोली घटनास्थलतर्फ गइरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार