भन्देउ सरकार झुप्रोमा बिकास किन आएन ?

ती उत्पीडित जनताको उज्यालो दिन आएन

भन्देउ सरकार झुप्रोमा बिकास किन आएन ?

धेरै सपनाहरु बाँडिएकाका थिए चुनाव ताका

देशको मुहार फेरिन्छ भन्ने कुनै लच्छिन आएन

________________________________

महङ्गीको मारमा जनता कसरी बाँचेको होला?

सधै नै उकुसमुकुस खुशीको एकछिन आएन

_________________________________

अझै पनि आशा र भरोसा राखेकै छन बिचरा

महान  जनताको मनमा कसैप्रति घिन आएन

________________________________

छन उन्मुक्त माफिया,भ्रष्ट र नेताकार्यकर्ताहरु

यहाँ सबैलाई बराबरी कानूनको अधिन आएन !!

– लेखक / लेखनाथ खनाल

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार