बसन्त र सरिता को पिरती बसेपछि–भिडियो सहित

काठमाडौं १६ साउन / हिन्दु नारीहरुको महानपर्व हारितालिका तीजलाई मध्य नजर गर्दै नयाँ नयाँ तीज गीतहरु बजारमा आउने क्रम बढिरहेको बेला गायक तथा सर्जक वसन्त विश्वकर्माले ‘फिलिलि’ बोलको गीत सार्वजनिक गरेका छन्, जस्मा सरिता मगर र वसन्त विश्वकर्माको स्वर हरेको छ ।

गीतको शब्द संकलन र संगीत संयोजन गायक वसन्त आफैंले गरेका हुन् ।

एकदमै मौलिकताले भरिपूर्ण यश गीतलाई विनोद बाजुरालीले म्युजिक एरेन्ज गरेका छन् । भिडियोलाई मौसम हिमालीले उत्कृष्ट निर्देशनमा तयारी भएको हो, ‘भने करण चैसरले खिचेका हुन।’

कलाकारहरु सरिता मगर, वसन्त विश्वकर्मा, अक्ष कुमार, आयुषा तामाङले यश भिडियोमा कम्मर मर्काएका छन् । भिडियो प्रकाश धमलाको सम्पादनमा वसन्त विश्वकर्मा अफिसियल युट्युब च्यानलबाट बजारमा आएको छ ।

भिडियो हेर्नुहोस्

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार