डा गोविन्द केसी अस्पताल भर्ना

कैलाली । डा गोविन्द केसी अस्पताल भर्ना भएका छन् । जिल्लाको धनगढीमा २०औं सत्याग्रहमा बसेका केसीको स्वास्थ्यमा जटिल समस्या देखिएपछि अस्पताल भर्ना गरिएको हो ।स्वास्थ्य क्षेत्रको अवस्था सुधारका अभियन्तासमेत रहेका केसी गत सोमबार धनगढीस्थित कृष्ण मन्दिरमा २०औं सत्याग्रहमा बसेका थिए ।

सोही क्रममा डा. केसीको स्वास्थ्य अवस्था बिग्रिएपछि सेती प्रादेशिक अस्पतालको क्याबिनमा भर्ना गरिएका छ । डाक्टर केसीले विभिन्न ७ बुँदे माग राखेर सत्याग्रह थालेका हुन् ।डा.केसी सत्याग्रहमा बसेको आज (बुधबार) तीन दिन भइसक्दा पनि सरकारी पक्षबाट वार्ताका लागि कुनै पनि पहल भने भएको छैन ।

यो पनि / बेनी-जोमसोम सडकखण्डको थासाङ गाउँपालिका-४ तल्लो घाँसामा ट्रक दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ। बुधबार दिउँसो मुस्ताङबाट स्याउ लोड गरी पोखरातर्फ जाँदै गरेको ग१ख४१७७ नम्बरको स्याउ बोकेको ट्रक मुस्ताङको तल्लो घाँसा नजिकको सडकमा अनियन्त्रित भई पल्टिदा ट्रकका चालक सोलुखुम्बु जिल्ला सल्लेरीका २९ वर्षीय कुमार तामाङको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ।

मुस्ताङको तल्लो घाँसा क्षेत्रको आरालो सडकमा ट्रक अनियन्त्रित भई बाटोमै पल्टिदा ट्रकले च्यापिएर चालक तामाङको घटनास्थलमै मृत्यु जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी गोपीकृष्ण सुवेदीले जानकारी दिए।

सडकमा ट्रक पल्टिदा ट्रकमा लोड गरिएको स्याउ सबै सडकमा छरपष्ट भएको थियो। थासाङ-१ टुकुचेका गोपाल पुनको उक्त ट्रक मुस्ताङबाट स्याउ बोकेर पोखरा जाँदै गर्दा दुर्घटना भएको प्रहरी निरीक्षक सुवेदीले बताए ।ट्रकमा चालक एक्लै सवार थिए।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार